नरेश गुप्ता

बरियारपुर,श्रीगढीमाई मन्दिर संचालन तथा विकास समितिका अध्यक्ष रामचन्द्र साह बिहीवार नेपाली कांग्रेस पार्टीमा प्रवेश गर्नुभएको छ ।

गढीमाई ट्रष्टका अध्यक्ष साह गत स्थानीय तहको निर्वाचनमा राजपाबाट गढीमाई नगरपालिकाको मेयर पदको उम्मेदवार भएर चुनाव लडनुभएको थियो । निर्वाचनमा उहाँले तेस्रो स्थानको मत प्राप्त गर्नुभएको थियो ।

नेपाली कांग्रेस बाराका जिल्ला सभापती राजेश राय यादवले साहलाई नेपाली कांग्रेस बाराको पार्टी कार्यालयमा आयोजित कार्यक्रममा पार्टीमा स्वागत गर्नुभएको थियो ।

गढीमाई मन्दिर संचालन तथा विकास समितिको तीन पटकसम्म कार्यकालको जिम्मेवारी पूरा गर्नुभएका साह तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टीमा सक्रिय हुदै आउनुभएको थियो । लोकतान्त्रिक समाजवादीको तर्फबाट यसपटकको निर्वाचनमा पनि मेयर पदको आंकाक्षीको रुपमा चर्चामा रहनुभएका साह अचानक नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेपछि कार्यकर्तामा अन्योल बढेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here