सुन तस्करीका सम्बन्धमा सरकारले गठन गरेको आयोगले शुक्रवार गृहमन्त्री अनि प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाएको छ । छानबिन समितिले बुझाएको प्रतिवेदनका आधारमा केही व्यक्ति पनि पक्राउ पर्न थालेका छन् । तर, शीर्ष भनिएका केही व्यक्तिहरुले यो प्रकरणमा उन्मुक्ति पो पाउछन् कि भन्ने आशंका भने बढेको छ ।

गृहमन्त्री रवि लामिछानेले सुन काण्डमा मुछिएका जो कोहीलाई भएपनि कारवाही गर्ने उद्धघोष गरिरहदा सत्ता साझेदार दलहरुको भूमिका के हुन्छ भन्ने पनि प्रश्न स्वभाविक रुपमा उठ्ने गर्दछ ।तर, यो प्रकरणमा दोषी देखिएको जो कोही भएपनि कारबाही गर्नुपर्ने दबाबमा गृहमन्त्री सहित प्रधानमन्त्री भने पर्नु भएको छ । आम नागरिकहरुले सुन तस्करीमा संलग्न जो भएपनि कारबाही गर्नुपर्ने बताउदैआउनुभएको छ । गृहमन्त्रीका लागि यो अवसर र चुनौति पनि हो । काम गरेर देखाउने बेला पनि हो । यो बेलामा काम गरेपछि गृहमन्त्रीको पक्कै पनि वाहिवाहि नै हुनेछ ।

राजनीतिक हिसाबले कसैलाई जोगान खोजिएको खण्डमा भने त्यसले फेरि शुरुमा गृहमन्त्री अनि पछि प्रधानमन्त्रीलाई असर गर्ने निश्चित छ । मुख्यतः माओवादीका नेताहरुप्रति सुनको अनुसन्धानमा बढी मुछिएका कारण पनि प्रचण्डले कतै गृहमन्त्रीलाई त घुमाउने होइन भन्ने प्रश्न पनि जनमानसमा उठेको छ । यी सबै भ्रम र आशंकालाई चिरेर अब यही बेलामा गृहमन्त्रीले काम गरेर देखाउनुपर्दछ यो नै उपयुक्त समय हो ।

Leave a Reply