कलैया,बारा प्रहरीले भारतबाट अवैध रूपमा नेपाल भित्र्याइँदै गरिएको कुखुराका चल्ला बरामद गरी नष्ट गरेको छ ।जिल्ला प्रहरी कार्यालय बाराका अनुसार प्रहरी चौकी कचोर्वाबाट प्रहरी वरिष्ठ नायब निरीक्षक देवबहादुर बिष्टको कमाण्डमा खटिएको गस्ती टोलीले शनिबार सिम्रौनगढ नगरपालिका– ६ अमरपुर क्षेत्रमा निगरानी गर्ने क्रममा भारतबाट टाउकोमा बोकेर कुखुराका चल्ला ल्याउँदै गरेका व्यक्तिहरूलाई फेला पारेको थियो ।

प्रहरी टोलीलाई देख्नासाथ चल्ला बोकेका व्यक्तिहरू कार्टुनहरू छाडेर भारततर्फ फरार भएको प्रहरीले जनाएको छ । प्रहरीले ८८ कार्टुन कुखुराका चल्ला बरामद गरेको छ। उक्त बरामद चल्लाको अन्दाजी मूल्य करिब १ लाख ५० हजार रुपैयाँ रहेको छ ।जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेका अनुसार बरामद गरिएका चल्लाहरू स्थानीय जनप्रतिनिधि तथा क्वारेन्टाइन अधिकृतको रोहवरमा आवश्यक प्रक्रिया पूरा गरी नष्ट गरिएको हो ।

Leave a Reply