हेटौंडा, एसइइ २०८२ सालमा नेपाली बिषयमा सर्बोउत्कृट अंक जिपिए ४ ल्याउने बिद्यार्थीहरुलाई आइतबार सम्मान गरिएको छ । सो क्रममा उनीहरुलाई पढाउने नेपाल बिषयमा शिक्षकहरुलाई पनि सम्मान गरिएको छ । सो समिति मकवानपुरुका अध्यक्ष ज्योति न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथि भने हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष नबील सिग्देल रहनुभएको थियो । कार्यक्रममा मकवानपुर जिल्लाभरका सामुदायिक तथा संस्थागत बिद्यालयबाट एसइइ २०८२ मा सहभागी भइ नेपाली बिषयमा उत्कृष्ट अंक ल्याउने बिद्यार्थी र शिक्षकहरुलाई सम्मान गरिएको हो । कार्यक्रममा शिक्षक संघ मकवानपुरका अध्यक्ष गणेश हुमागाई,अखिल नेपाल शिक्षक संघ मकवानपुरका अध्यक्ष, मुकुन्द न्यौपाने, बसन्त राई ,बिज्ञान बिषय शिक्षक समितिका अध्यक्ष भारत पोरखेल, सामाजिक बिष्यामा चिरन्जिवी घिमिर। लगायतले मन्तब्य राख्नु भएको थियो भने कार्यक्रममा समितिका सल्लाहकारहरु माधव खतिवडा,सागर खतिवडा,बिष्णुगौतम,ह्याग्रिब आचार्य लगायतको उपस्थिति रहेको थियो ।
नेपाली साहित्यमा बिद्यावारिधी गर्नेहरु सम्मानित
समितिले नेपाली भाषामा बिद्याबारिधी गर्नेहरुलाई पनि सम्मान गरेको छ । डा. बिश्वनाथ सन्जेल,डा. घनश्याम घिमिरेलाई प्रशंसा पत्र सहित सम्मान गरिएको हो । नेपाली भाषा र साहित्य मार्फत समाजमा योगदान दिएको भन्दै उहाँहरुलाई कार्यक्रमका प्रमुख अतिथि हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष नवील सिन्देलले सम्मान गर्नु भएको थियो । सम्मानितहरुका तर्फबाट बोल्नुहुदै डा. बिश्वनाथ सन्जेलले लगनशिल भए कर्ममा सफलता हासिल गर्न सकिने कुरा ब्यक्त गर्दै निरन्तर पढाइमा लागि रहन बिद्यार्थीहरुलाई सुझाव दिनुभयो ।




















