निजगढ – निजगढ नगरपालिका १० स्थित वन क्षेत्रको करोडौं मूल्य पर्ने जमिनमा एक व्यक्तिले आफनो निजी भन्दै अतिक्रमण गरी पर्खाल लगाएका छन । प्रस्तावित काठमाण्डौं निजगढ द्रतमार्गसंग जोडिएको वन क्षेत्रको जग्गा अतिक्रमण भइरहदा सरोकारवाला निकाय भने मौन देखिएको छ ।

 

 

 

 

 

बारा र मकवानपुर जिल्लाको सिमा क्षेत्रमा पर्ने मकवानपुरको बकैया गाउपालिका वडा नं. ६ भालुखोलाका सुमन सिं लोप्चनले आफनो जमिनको सिमाना बाहिर रहेको करिव २ बिगाहा जमिनमा करिव २० फिट चौडा र २ सय ५० मिटर लामो ढुङ्गाको पर्खाल लगाएर हड्पने प्रयास गरेका हुन ।

 

 

स्थानीयले बकैया खोलाबाट सिचायीको लागि खनेको कुलोको जमिनलाईसमेत भित्र पारेर पर्खाल लगाएपछि लालबकैया कृषक सिचाई उपभोक्ता संस्था, लालका अध्यक्ष माइला वलले रतनपुरी सव डिभिजन वन कार्यालय, बारामा उजुरी दिनुभएको थियो । लालगाउका अन्य केही स्थानीयले पनि जमिन अतिक्रमणको विरोध गर्दै आएका छन ।

 

 

 

वन कार्यालयले अतिक्रमित जमिनिको छानविन शुरु नगर्दै लोप्चनले समितिसंग कुलो र स्थानीयको सन्दीसर्पणको लागि ६ मिटर चौडाईको बाटो दिने सहमति गरेपछि स्थानीय रुपमा घटनालाई सामसुम बनाउने प्रयास भएको छ । वडा अध्यक्ष पद्मबहादुर लोप्चन समेत बसेर गरिएको सहमतिको छाया प्रति वन कार्यालयमा समेत बुझाइएको छ । लोप्चनले मकवानपुरस्थित साविक हटिया गाविस हाल बकैया गाउपालिका ६ मा रहेको भनिएको कि नं. १५२९ र १५३० को जग्गाको दक्षिणतर्फको वन क्षेत्रको जग्गामा लाखौं रुपैया खर्च गरेर पर्खाल बनाएका हुन ।

 

 

 

‘चुरे डाडामूनि फेदीमा बुट्यानले भरिएको सम्म परेको जमिन छ, एक स्थानीयले भने, करोडौ रुपैया आउने भएपछि लोभमा परेर अतिक्रमण गरिएको छ ।’ फास्टट्याक निर्माण हुन थालेपछि यस क्षेत्रमा जग्गाको मुल्य बढेको र ऐलानी, पर्ति र वन क्षेत्रमा आवादी गरिएको जग्गाको समेत मुल्य धेरै बढेको उनले सुनाए । अर्का एक स्थानीय भने भुमाफियाहरुले लोप्चनलाई प्रभावमा पारेर जमिन अतिक्रमण गर्न लगाएको हुनसक्ने बताउछन । शुरुमा लोप्चनलाई वन क्षेत्रको जमिन घेराबारा गर्न लगाउने र आवादी भइसकेपछि आफुले नै खरिद गर्ने उद्देश्यमा बारा र मकवानपुरका केही व्यवसायीले योजनावद्ध रुपमा जमिन अतिक्रमण गराएको उनी बताउछन ।

 

 

 

 

‘चुरे डाडामा फेदीको हेर्दै जमिन राम्रो छ, उनले भने, फास्टट्याक बनेपछि ठुला होटल र रिसोर्ट खोल्ने योजना हुुनुपर्छ ।’ लोप्चन गरीव किसान परिवारको सामान्य मान्छे भएको र त्यतिधेरै रकम खर्च गरेर वन क्षेत्रमा पर्खाल लगाउने हैसियत पनि नदेखिएकोले अतिक्रमणमा माफियाको हात हुनसक्ने उनको भनाई छ । लोप्चनले भने उक्त जमिन मध्ये केही आफनो नम्बरी जग्गाको नक्साभित्र परेको र बाकी भाग ऐलानी भएपनि स्थानीय अर्को मान्छेसंग पहिले नै खरिद गरेर लिएको हुनाले हाल सुरक्षाकोलागि घेराबारा गरेको बताएका छन ।

 

 

 

 

 

 

यस अघि पनि लोप्चनले चुरे पहाडमा रहेको खेतबारी सम्याउने नाममाढुंगा उत्खनन गरी क्रसर उद्योग र स्थानीय ढुङ्गाका व्यापारीलाई बिक्री गरेका थिए । आइइ प्रतिवेदन बिना नै चुरे पहाडको पर्यावरण र छिमेकी जिल्ला बाराको निजगढ नगरपालिका १० लाल गाउका बासिन्दालाई असर गर्ने गरि भएको उत्खननको ब्यापक विरोध भएपछि बकैया गाउपालिकाले रोक लगाएको थियो ।

 

 

 

गाउपालिकाले लोप्चनलाई जग्गा सम्याउन मात्रै अनुमति दिएकोमा पर्यावरणलाई नास गरी उत्खनन र बिक्रीसमेत भएको पाइएपछि रोक लगाएको गाउपालिका अध्यक्ष दामोदर खनालले बताउनुभयो । निजगढ नपा वडा नम्बर १० का अध्यक्ष लोप्चनले भने वन कार्यालयले समेत छानविन थालेको जग्गा विवाद बारे आफुले केही बताउन नसक्ने बताउनुभयो ।

 

 

 

डिभिजन वन कार्यालय सिमराका प्रमु्ख मञ्जुर अहमदले वन क्षेत्रको जमीन अतिक्रमण भएको विषयमा कार्यालयमा उजुरी आएको र सोको छानविन गर्न निजगढ नगरपालिकालाई अमिन उपलब्ध गराई दिन पत्राचार गरिसकेको जानकारी दिनुभयो । उहाले उजुरी परेको अवस्थामा स्थानीयबीच भएको भनिएको सहमतिले छानबिन कार्य नरोकिने जानकारी पनि दिनुभयो ।

Leave a Reply