निजगढ,निजगढ नगरपालिका वडा नम्बर ५ स्थित खोल्मा टोलमा जेष्ठ नागरिक मिलन केन्द्र भवन तथा सत्संग भवन निर्माण गर्न शनिबार श्रीमद्भागवत सप्ताहा ज्ञान महायज्ञ आयोजना हुने भएको छ ।
निजगढ नगरपालिका वडा नम्बर ५ स्थित मुक्तिनाथ एकादशी सत्संग समुह र निजगढ नगरपालिका वडा नम्बर ५ वडा कार्यालयको आयोजनामा हुने सो ज्ञान महायज्ञमा युवा पण्डित श्रीसुदर्शन चालिसेबाट संगितमय कथा वाचन हुने बताइएको छ ।
महायज्ञ अन्तर्गत मंसिर ४ गते बिहान ७ बजे कलशयात्रा र दिउसो १.३० बजे यज्ञको उद्घाटन गरिने बताइएको छ । मंसिर ११ गतेसम्म हुने सो महायज्ञको संयोजकमा न्युजनजाग्रिति युवा क्लब तथा निजगढ सिटी युवा क्लब, र सहसंयोजकमा आध्यात्म कल्याणकारी समाज नेपाल रहेको छ ।


















