दिपेन्द्र जयसवाल
गन्जभवानीपुर,बाराको करैयामाई गाँउपालिका गाउँकार्यपालिकाको कार्यपालिको करैयाको सभाहलमा पञ्जिकरण शाखाको आयोजनमा व्यक्तिगत घटना दर्ता तथा समाजिक सुरक्षा सम्बन्धी चेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।
गाँउपालिकाकी उपाध्यक्ष सुनैनाकुमारी चौधरीको अध्यक्षतामा सो कार्यक्रममा वडा अध्यक्ष, वडा सचिव, स्थानीय जनप्रतिनिधि, गाउँपालिकामा कार्यरत विभिन्न शाखाका प्रमुख, समाजिक परिचालक, कम्प्युटर अपरेटरलगायतको उपस्थिति रहेको थियो ।कार्यक्रममा सहभागीहरुलाई सुमिता र आनन्द चौधरीले प्रशिक्षण दिनुभएको थियो भने कार्यक्रमको सञ्चालन जगन पण्डितले गर्नुभएको थियो ।

















