निजगढ,बाराको निजगढ नगरपालिका अन्तर्गत निजगढ– सिंगौल सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा २ जना घाइते भएका छन । घाइते मध्ये १ जनाको अवस्था गम्भीर रहेको छ भने अर्का घाइतेको अवस्था मध्यम रहेको छ ।निजगढतर्फबाट सिंगौलतर्फ जादै गरेको नम्बर नखुलेको एनएस मोटरसाइकल बुधवार राती अन्दाजी ९ बजे सडकखण्डको सुकेपोखरी नजिकै दुर्घटना हुँदा उनीहरु घाइते भएका हुन् । प्रहरीका अनुसार मोटरसाइकलको पछाडि पट्टिको नम्बर प्लेट नभएको र अगाडी पट्टिको नम्बर प्लेटमा पनि एउटा अंक मेटिएको छ ।
घाइते हुनेमा मकवानपुरको बकैया गाउँपालिका– २ दमैचौरका अन्दाजी २५ वर्षिय नरेश जिम्बा र मोटरसाइकल पछाडी सवार सोही ठाउँका अन्दाजी २२ वर्षिय सोमबहादुर गोले छन ्।गोलेको मध्यम अवस्थामा निजगढस्थित सामुदायिक प्रसुती गृहमा उपचार भइरहेको र जिम्बालाई त्यँहाबाट रेफर गरि वीरगञ्जस्थित मेडिसिटी वयोधा अस्पतालमा पठाइएको ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक जीवन लामिछानेले जानकारी दिनुभयो ।निरीक्षक लामिछानेका अनुसार जिम्बाको गम्भीर अवस्थामा अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको छ । उनको टाउको र आँखामा गम्भीर चोट लागेको छ ।


















