काठमाण्डौ – सर्वाेच्च अदालतले पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा दम्पतीलाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

आज न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले काठमाण्डौ जिल्ला अदालतबाट चैत २४ जारी भएको पक्राउ पूर्जीका आधारमा पक्राउ नगर्न भनेको हो । यो पक्राउ पूर्जी स्वतः निष्क्रिय भएको सर्वाेच्चको आदेशमा उल्लेख छ ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट अनुसन्धान भएको कसूरको मुद्दा हेर्ने क्षेत्राधिकार विशेष अदालतलाई मात्रै रहेको सर्वाेच्चको निष्कर्ष छ ।विभागले देउवा दम्पतीमाथि अनुसन्धान गरिरहेकै बेला काठमाण्डौ जिल्ला अदालतले चैत २४ गते उनीहरूलाई पक्राउ गर्न अनुमति दिएको थियो । यो पक्राउ अनुमतिविरुद्ध देउवाको तर्फबाट सर्वोच्चमा रिट दायर भएको थियो ।

Leave a Reply