बरियारपुर, २१ साउन– बारामा सेफ्टी ट्याङ्कीभित्र डुबेर मंगलबार एक ८ वर्षिय बालिकाको मृत्यु भएको छ ।

जिल्लाको महागढीमाई नगरपालिका– १ निवासी अनिल साह लहेरका ८ वर्षिया छोरी छाँयाकुमारी साहको सेफ्टी ट्याङ्कमा खसेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

खेल्ने क्रममा आफ्नै घरभित्र रहेको शौचालयको ट्याङ्कीमा खसेर बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिनुभयो ।

सफा गर्ने क्रममा निकालिएको ढकन निकालिएको ट्याङ्कीमा खेल्दाखेल्दै पुगेकी बालिकाको अचानक खसेको बरियारपुर प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक राजकुमार यादवले बताउनुभयो ।

अभिभावकहरुले बालिकालाई ट्याङ्कीबाट तत्काल निकाले पनि उनको मृत्यु भइसकेको उहाँले जानकारी दिनुभयो । कलैया अस्पतालमा पोष्टमार्टमपछि शव आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यलय बाराले जनाएको छ ।

Leave a Reply