रौतहट,नेकपा एमालेका सचिव तथा मधेस प्रदेश इञ्चार्ज योगेश भट्टराईले एमाले नेतृत्वको सरकारका पालामा शुरु भएका विकाशका योजनाहरु गठबन्धन सरकारले ठप्प पारेको बताउनुभएको छ ।
रौतहटको गरुडामा शुक्रवार आयोजित राष्ट्रिय युवा संघको जिल्ला भेलालाई सम्बोधन गदै सचिव भट्टराईले यस्तो बताउनु भएको हो । देशलाई सम्बृद्धि बनाउने अभियान अन्र्तगत एमाले सरकारको पालामा ल्याएको विकाशका योजनाहरु वर्तमान गठबन्धन सरकारले ठप्प बनाएको र देशमै अहिले विकाशका कामहरु ठप्प अवस्थामा रहेको सचिव भट्टराईको भनाई थियो ।
युवाहरुलाई स्वरोगार बनाउने, औधोगिक क्षेत्रको विकाशका योजनाहरु, भौतिक पुर्वाधारका विकाशका योजनाहरु जस्ता काम अहिले ठप्प रहेको सचिव भट्टराईले बताउनुभयो । ‘अहिलेको अबस्थामा अन्य दलहरु एकातर्फ छन भने नेकपा एमाले मात्रै एकातर्फ छ तर पनि नेकपा एमाले आफनो बिचारमा उभिएको पार्टी भएकाले सबैको भरोसाको पार्टी बनेको छ,’ पुर्वमन्त्री समेत रहेका भट्टराईले भन्नुभयो ।नेकपा एमाले सबै जाति र सबै धर्मको एकताको पक्षमा रहेको बताउदै उहाँले थप्नुभयो, ‘नेकपा एमाले अहिले तराई मधेशको भरोसाको पार्टी बनेको र अर्को निर्वाचनमा मधेस एमालेमय बन्ने छ ।’ यस्तै उहाँले पार्टी विभाजनलाई मेटदै रौतहट बिस्तारै पुरानै अवस्थामा पुगिरहेको बताउनुभयो ।
राष्ट्रिय सभाको निर्वाचनको कोशी प्रदेशको मत परिणामले गठबन्धनको सरकारमा अन्तर बिरोध शुरु भएको बताउदै सचिव भट्टराईले बिस्तारै यो गठबन्धन भत्किने ठोकुवा समेत गर्नुभयो । एमालेको जनमत अझै बढदै गएको उल्लेख गर्दै भट्टराईले देशको सम्बृद्धिको लागि आउदो निर्वाचनमा संघ, प्रदेश र स्थानिय तहमा एमाले जित्नुपर्ने बताउनुभयो ।कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य तथा रौतहट इन्चार्ज पुरुषोतम पौडेल, केन्द्रीय सदस्य उद्धब रेग्मी, केन्द्रीय सदस्य अजयकुमार गुप्ता, रेखा झालगायतले युवाको परिचालनको बारेमा आआफनो धारणा राख्नुभएको थियो । आउदो माघ २५ र २६ गते नेकपा एमाले रौतहटको जिल्ला अधिवेशन हुदैछ ।अधिवेशनलाई भव्य रुपमा सफल बनाउन युवा परिचालनको लागि युवा संघको शुक्रबार बैठक राखिएको थियो । बैठक युवा संघ रौतहटका अध्यक्ष मुन्ना यादबको अध्यक्षतामा बसेको थियो ।जिल्ला अधिवेशनको लागि शुक्रवार १८ वटै पालिकामा प्रतिनिधि चयन हुदैछ । अधिवेशनको उद्धाटन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको छ ।















