काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट थप एक चिनियाँ नागरिक सुनसहित पक्राउ परेका छन्। सशस्त्र प्रहरीले बुधबार बिहान १ किलो ६०५ ग्राम सुनसहित चिनियाँ नागरिक बिनबिन लिलाई पक्राउ गरेको हो।

दुबईबाट हिमालयन एयरलाइन्सको उडान नम्बर एच९३५३ मार्फत बिहान ११ः४१ बजे काठमाडौं आएका उनको ज्याकेटको खल्तीमा लुकाइएको अवस्थामा सुन फेला परेको सशस्त्र प्रहरीले जनाएको छ।

विमानस्थलको भन्सार क्षेत्रमा रहेको वाक थ्रु गेटमा जाँच गर्ने क्रममा सुन बरामद भएको हो। पक्राउ परेका लिलाई थप अनुसन्धान तथा कारबाहीका लागि भन्सार कार्यालयमा बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।

यसअघि पनि बुधबार नै प्रहरीले १ किलो ८०३।७७ ग्राम सुनसहित अर्का चिनियाँ नागरिक जियानह्वा वाङलाई पक्राउ गरेको थियो।

Leave a Reply