निजगढ,निजगढ सामुदायिक अस्पतालको संचालक समितिका नवनिर्वाचित अध्यक्ष माधव न्यौपानेसहित पदाधिकारी र सदस्यहरुले आइतवार पद तथा गोपनियताको सपथ लिएका छन । निर्वाचन मण्डलका संयोजक अम्बिकाप्रसाद चौलागाईले उनीहरुको सपथ गराउनुभएको हो ।शनिवार स्थानीय राजनीतिक दलका प्रतिनिधिहरुबीचको सहमतिपछि अस्पताल संचालक समितिका पदाधिकारीहरुको सर्वसम्मतिमा चयन गरिएको थियो । जसअनुसार समितिको अध्यक्षमा न्यौपाने, उपाध्यक्षमा सावित्री भारती, सचिवमा कैलाश तिमल्सिना, सहसचिवमा सरिता राई र कोषाध्यक्षमा भाइकाजी श्रेष्ठ तथा सदस्यहरुमा मुकुन्द पौडेल, सीतादेवी रिसाल, समुन्द्र नेपाल र रामबाबु पौडेल चयन हुनुभएको छ । सोही कार्यक्रममा समितिका पदेन सदस्य निजगढ नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष रामचन्द्र कटुवालले पनि पद तथा गोपनियताको सपथ लिनुभएको थियो ।सपथ ग्रहण कार्यक्रममा अस्पताल संचालक समितिका पूर्वअध्यक्ष एकबहादुर श्रेष्ठ, नेपाली कांग्रेस निजगढ नगर सभापती नवराज तिमल्सिना, अध्यक्ष मण्डलका संयोजक अम्बिका चौलागाई, सदस्य शर्मिला विकलगायतले बोल्नुभएको थियो । यसअघि जेष्ठ १ गते भएको अस्पतालको साधारण सभाले नयाँ संचालक समितिका पदाधिकारी र सदस्य चयन गर्न नसकेपछि साधारण सभाको बन्दसत्र स्थगित गरेर जेष्ठ १५ गतेको लागिमतदानको मिति तोकिएको थियो ।सामुदायिक अस्पतालको २४औं साधारण सभाको मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले उद्धघाटन गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here