निजगढ,निजगढ तिलगंगा सामुदायिक आँखा अस्पतालले ४ दिनमा ३ सय ७१ जनाको आँखाको मोतियाबिन्दुको शल्यक्रिया गरेको छ ।अस्पतालले निजगढमा शुक्रवारदेखि सोमवारसम्म आयोजना गरेको शिवीरमा ३ सय ७१ जनाको मोतियाबिन्दुको शल्यक्रिया गरेको हो ।तिलगंगाले यसअघि बारा र रौतहटका विभिन्न स्थानमा आयोजना गरेको आँखा जाँच शिवीरमा फेला परेका बिरामीहरुलाई निजगढस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याएर शल्यक्रिया गरेको निजगढ तिलगंगा सामुदायिक आँखा अस्पतालका दिपक सुवेदीले जानकारी दिनुभयो ।अस्पतालले निजगढ लगायत बाराको कोल्हबी, कलैया उपमहानरपालिका, रौतहटको चन्द्रपुर र कटहरिया नगरपालिकामा आँखा जाँच शिवीरको आयोजना गरेको थियो । आँखा शिविरको नेतृत्व डा.सुनिल थकाली र डा एलिना गुरुङ्गले गर्नुभएको थियो भने शिवीरको सहआयोजक र सहजीकरण लायन्स क्लब अफ निजगढ सिटीले गरेको थियो ।

Leave a Reply