कृपा संवाददाता
कलैया , १० माघ । अहिले ठूलाठूला राजनीतिक दलले एक आपसमा लडिरहेका बेला साना साना राजनीतिक दलले वैकल्पिक शक्तिको रूपमा अगाडि बढिरहेको छ । मधेसी तथा नेपाली काँग्रेस पार्टीमा कृपावाद तथा नातावाद प्रविती हावी हुने तथा नेपाल कम्युनिस्ट पार्टी ( नेकपा) मा कोहि कसैलाई नपत्याउने , एक अर्कालाई सिध्याउन लाग्ने जस्ता कुराको भरपुर फाईदा अहिले नेपाल परिवार दलले उठाउदै हिडेका छन् ।
नेपाल परिवार दल पार्टीले यी कुराको भरपुर फाईदा उठाउदै अहिले ठाउँ ठाउँमा पार्टी प्रवेश कार्यक्रम गर्दै वैकल्पिक शक्तिको रूपमा अगाडि बढिरहेका छन् । शनिबार कलैया स्थित रहेको दास गेस्ट हाउसमा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएका हुन । नेपाल परिवार दल पार्टीका जिल्ला अध्यक्ष रामचन्द्र चौधरीको अध्यक्षतामा सम्पन्न पार्टी प्रवेश कार्यक्रममा सयौंको संख्यामा विभिन्न पार्टी परित्याग गरि नेपाल परिवार दल पार्टीमा प्रवेश गरेका छन् । पार्टी प्रवेश गर्नेमा ब्रहमदेव यादव , दिपक ठाकुर , जोगिन्द्र राम , मुमताज हवारी ठकुराई लगायत सयौंको संख्यामा पार्टी प्रवेश गरेको हो । ठूलाठूला राजनीतिक दलले आफ्नो स्वार्थ पूरा गर्नका लागि सोझा साझा जनतालाई पटकपटक धोका धोका दिने गरेकाले वैकल्पिक शक्ति पार्टीका रूपमा नेपाल परिवार दल पार्टी तिव्र गतिमा बारामा अगाडि बढिरहेका छन् ।
विभिन्न पार्टी परित्याग गरि नेपाल परिवार दल पार्टीमा प्रवेश गर्नेलाई जिल्ला अध्यक्ष चौधरीले अबिर तथा माला लगाएर स्वागत गरेका थिए ।
कार्यक्रममा सह सचिव दिनेश चौधरी , शिक्षक परिवारका सदस्य दिलिप चौधरी , विधार्थी परिवारका अध्यक्ष शुभनारायण कुशवाहा , जिल्ला सदस्य रामबाबु सोनार , उपेन्द्र सर्राफ , हरिन्द्र चौधरी , उमेश राम , गान्धी सहनी लगायतको विशेष उपस्थित रहेको थियोे ।
सोही कार्यक्रममा नेपाल परिवार दल पार्टीका जिल्ला प्रव्क्ता उपेन्द्र पासवान हालै सम्पन्न नेपाल लेखापढी तथा कानुन व्वयसायी एसोसिएसन बाराका सदस्यमा निर्वाचित भएकाले दोसल्ला ओढाएर सम्मान गरेका बारे पार्टीका सह सचिव चौधरीले एक विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।