यही सालको अन्त्यसम्ममा काठमाडौं तराई मधेश फाष्ट ट्याक अथवा दुर्तमार्ग बनाइसक्ने लक्ष्य राखिएको छ र सरकारले निर्माणको जिम्मा लिएको नेपाली सेनालाई नै यो समय सीमा पनि दिएको छ । नेपाली सेनाले पनि काम धमाधम भइरहेकोजानकारी दिएको छ ।दश वर्ष अगाडिदेखि यो मार्ग निर्माणाधिन छ तर दश वर्ष अगाडि भने यो निर्माणको जिम्मा नेपाली सेनालाई दिइएको थिएन सेनाले अलिक पछिबाट यसको जिम्मा लिएको हो । सेनाले जिम्मा लिएपछि भने नेपाली नागरिक र विशेषगरी तराई मधेशका नागरिकहरुका लागि यो बाटो बन्नेमा आशा पलाएको हो ।
अहिले सेनाले गरिरहेको कामको अवस्था हेर्ने हो भने ढिलोचांडो यो बाटो बन्ने आशा पलाएको चैं छ ।
यद्यपि अझै पनि सरकार र नागरिकहरुले सेनालाई सघाउनु पर्ने देखिन्छ । हुन त् यो राष्ट्रिय गौरवको आयोजना भएकाले पनि वर्तमान सरकारले पनि यसलाई प्राथमिकतामा नै लिएको होला भन्न सकिन्छ तर सरकारको नीति तथा कार्यक्रममा खासै यो विषय समावेश नभएकाले केही अन्यौलता भने सृजना भएको छ । जे भएपनि यो बाटो बन्नु पर्दछ ।
मुख्यतः केही प्राविधिक पाटो बाहेक चक्रपथसंग जोड्ने काम सडक विभागले गर्ने पनि भनिएको छ । यो खासै धेरै तनावको कुरा नहोला । मुख्य कुरा भनेको त यही सालको अन्त्यसम्म बनेन भनेपनि अर्को सालको चैत अन्त्यसम्म भन्दा धेरै नजओस् । नागरिकहरुले मज्जाले हिड्न पाउन् । यो नै सबैको चाहना छ । यो बाटो कुनै पनि सर्तमा अब बन्नु पर्दछ र जसरी भएपनि समयमा नै सम्पन्न पनि हुनु पर्दछ । चाहे जे सुकै होस् ।

















