अहिलेका एमालेका अध्यक्ष र ऊ बेलामा नेकपाका अध्यक्ष केपी ओलीले रेलको कुरा गर्दा धेरैले कमेडी संझिएकै हुन् ।

यद्यपि उनको कुरा सबै कमेडी भने होइन । विकास राम्रोसंग गर्ने हो भने सबै कुरा संभव छ तर कुरा मात्रै गर्ने हो भने विकासको कुरा हावा नै हुनेछ । हाम्रै बारा जिल्लामा कुनै बेलामा रेल गुडेकै थियो । तर आज छैन । किास हिजो पनि भएका थिए तर संरक्षण भएन ।

महोत्तरीको बर्दीवासदेखि निजगढसम्ममा रेल चलाउने कुरा आएको छ । रेल कुरा आफैमा महत्वपूर्ण हो । नेपालको भूगोलमा रेल चलाउन खासै समस्या छैन भन्ने कुरा हाम्रो पूर्खाहरुले देखाएकै कुरा हो । फरक यत्ति हो कि इच्छा शक्ति भने आवश्यक छ ।

यसैको कमजोरीका कारण पनि बिकास हुन सकेको छैन नेपालमा । कुरा धेरै गर्ने र काम कम गर्नेहरुका कारण पनि समस्या भएको हो । विकास निर्माणका कुराहरु हावा नहुन सबैले चाहेको कुरा पनि यही नै हो । विकास त विकास नै हो एकदिन गर्नु नै पर्दछ । बर्दीवास– निजगढ रेलको कुरा हाल हावा जस्तो लागेपनि त्यो एकदिन गर्नु नै पर्ने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here