हेटौंडा – हेटौंडा उपमहानगरपालिकाले पहिलो पटक गरेको कोरोना भाइरस (कोभिड १९) को ¥यापिड टेस्ट गर्दा बिहिबार चार जनाको रिपोर्टमा पोजिटिभ नतिजा निस्किएको छ । उपमहानगरपालिकाले बिहिबार देखि ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट कोरोना संक्रमण परीक्षण सुरु गर्दा चार जनामा बिहिबारै पोजेटिभ देखिएको हो ।

 

 

बिदेशबाट फर्किएका चारजना हेटौंडा-४ मा वसोवास गर्दै आएका छन् । उनीहरु चारै जनालाई हेटौंडाको आइसोलेसनमा राखिएको छ । तीन जना पुरुष र एक जना महिला हुन् । ¥यापीड टेष्टको रिपोर्ट पोजेटिभ आएपनि उनीहरुमा कोरोना संक्रमित भएको छ की छैन भन्नेकुरा ल्याव टेष्टको अन्तिम रिपोर्ट प्राप्त भएपछी मात्र भन्न सकिने स्वास्थ्यकर्मीहरु वताउँछन् ।

 

 

बिभिन्न देशबाट फर्किएर आएकाहरुमा ¥यापिड टेस्ट गर्दा नतिजा पोजेटिभ देखिएको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले जानकारी दिनुभयो । हेटौंडा ४ को बासुदेव सभागृहमा ¥यापिड टेस्ट गर्दा साउदी अरवबाट चैत ४ गते हेटौंडा आएका एक जना, भारतको दिल्लीबाट धार्मिक भ्रमण सकेर फर्किएका हेटौंडा ४ कै एक जना, भारतबाटै फर्किएका अर्का एक जना मुस्लीम, हेटौंडा ४ कै व्याङलोरबाट फर्किएका एक जनामा ¥यापिड टेस्ट गर्दा रिपोर्ट पोजेटिभ आएको हो ।

 

 

उनीहरु चारै जनाको हेटौंडाको ल्यावमा पीसीआर (स्वाब) टेष्ट गर्ने तयारी गरिएको छ । उनीहरु सवैजनालाई हेटौंडा ४ कर्रामा रहेको आइसोलेसनमा राखिएको मेयर महतले जानकारी दिनुभयो । हेटौंडामा बिदेशबाट फर्किएकाहरुलाई टोल टोलमा पुगेर ¥यापिड टेष्ट गर्न सुरु गरिएको हो । कोरोना भाइरसक (कोभिड १९) लागेको छ की छैन भनेर परिक्षण गर्नका लागि ¥यापिड टेष्ट गर्न सुरु गरिएको उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले जानकारी दिनुभयो ।

 

 

बिहिबारबाट जना स्वास्थ्यकर्मी टोल टोलमा खटाइएको छ । बिहिबार मात्र स्वास्थ्कर्मीको टोलिले हेटौंडाको वडा नम्बर ४, ५, १० र १५ मा आज टेष्ट गरिएको मेयर महतले वताउनुभयो । अरुलाई पनि ¥यापिड टेष्टको काम निरन्तर गरिने उहाँले वताउनुभयो । नगरका वडाहरुमा पीपीइ सेट लगाएर स्वास्थ्यकर्मीलाई ¥यापिड टेष्ट गर्न पठाइएको थियो । ¥यापिड टेष्ट गरिसकेपछी विदेशबाट फर्किएका वा कोरोनाको संका लागेका विरामीलाई जाँच गराएपछी अरुमा कोरोना संक्रमण हुने छैन।

 

 

 

 

यसैबीच हेटौंडामा ¥यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) किटबाट कोरोना भाइरसको एन्टिबडी परीक्षण गर्दा हेटौंडामा चारजनामा पोजिटिभ रिपोर्ट आएपछी उनीहरुका परिवारलाई होम क्वारेन्टीनमा राखिएको छ । हेटौंडा उपमहानगरपालिकाभित्र भएको ¥यापिड टेस्टमा चारजनाको पोजिटिभ देखिएपछी चारै जनालाई हेटौंडा ४ कर्रामा रहेको आइसोलेसनमा राखिएको छ भने उनीहरुका परिवारलाई होम क्वारेन्टीनमा राखिएको हो । चारै जनाको स्वाव टेष्टको रिपोर्ट प्राप्त नहुन्जेल सम्म उनीहरुका परिवारलाई होम क्वारेन्टीनमै राख्न लागिएको छ ।

Leave a Reply