निजगढ,राष्ट्रिय स्वतन्त्र पार्टी बाराको सभापतीमा चन्दन स्वणकार चुनिनुभएको छ । रास्वपाको जिल्ला सदरमुकाम कलैयामा शनिवार राति सम्पन्न जिल्ला भेलाले स्वर्णकारको नेतृत्वमा जिल्ला कार्यसमिति निर्विरोध चयन गरेको हो ।
समितिको सचिवमा निजगढका रामहरी खरेल चुनिनुभएको छ । भेलामा रास्वपा संगठन विभागका प्रमुख शंकर श्रेष्ठ र सांसद शोविता गौतमलगायतको उपस्थिति रहेको थियो ।
त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साको पहिलो जिल्ला भेला आइतवार स्थानीय क्लासिक ब्यान्क्वेटको सभाहलमा सम्पन्न भएको छ । भेलाले हरि पन्तलाई सभापती सर्वसम्मत चयन गर्दै आठ सदस्यीय जिल्ला समिति समेत गठन गरेको छ ।केन्द्रीय उपसभापती डा. स्वर्णिम वाग्लेको प्रमुख आतिथ्यमा सम्पन्न भेलामा निर्वाचित समितिका सदस्यहरूलाई उपसभापती वाग्लेद्वारा सपथ ग्रहण गराउनुभएको थियो । वाग्लेले निर्वाचित टोलीलाई शुभकामना दिँदै समितिको सफल कार्यकालको कामना गर्नुभयो ।नवनिर्वाचित समितिको उपसभापतिमा तुल्सा पौडेल, सचिवमा सुदीश प्रजापति, सहसचिवमा कृष्ण पासवान र सदस्यहरूमा दिलिप कुर्मी, पूर्ण सापकोटा, सुरेश यादव र प्रियांका पटेल चयन भएका छन् ।
सभापती पन्त यसअघि रास्वपा मधेस प्रदेशद्वारा पर्साको जिल्ला संयोजकका रूपमा चयन हुनुभएको थियो । पर्सा जिल्ला भेलाले उहाँलाई सभापतीमा चयन गरेको हो ।