कलैया,कलैया उपमहानगरपालिका अन्तर्गतका सबै विद्यालय बन्द हुने भएका छन । कोभिड– १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी) को सिफारिसमा शिक्षा मन्त्रालयले सोमबार सूचना जारी गर्दै माघ १५ गतेसम्म देशभरका आधारभुत तथा माध्यमिक तहको पठनपाठन भैतिक उपस्थितिमा बन्द गर्न निर्देशन दिएको थियो । यद्यपि कलैया उपमहानगरपालिकाले सूचना जारी नगरेकोले शिक्षा मन्त्रालयको निर्णय कार्यान्वयमा हुन नपाएर कलैयाका विद्यालयहरु सन्चालनमा थिए ।

कलैया उपमहानगरपालिकाले बुधबार एक सूचना जारी गर्दै शिक्षा मन्त्रालयको निर्णय कार्यान्वयन गर्न सम्पुर्ण सामुदायिक तथा निजी विद्यालयलाई पत्रचार गरेको छ ।

उपमहानगरले सूचना जारी गर्दै भौतिक उपस्थितिमा कक्षा संचालन नगर्न र वैकल्पिक माध्यमबाट शिक्षण सहजीकरण गर्न निर्देशन दिएको छ ।

Leave a Reply