कृष्णउदास खनाल
वीरगञ्ज,मधेस प्रदेशका स्थानीय तहहरुमा प्रमुख प्रशासकीय अधिकृतको पद रिक्त हुँदा पालिकाको सेवा प्रभावित हुदैआएको छ । देशका ७ प्रदेशमध्ये मधेसमा छ दर्जनभन्दा बढी स्थानीय तहप्रमुख प्रशासकीय अधिकृत बिहिन अवस्थामा छन ।सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार मधेस प्रदेशमा सबैभन्दा बढी ६७ स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत बिहिन रहेको पाइएको छ ।
मधेस प्रदेशको एक मात्र महानगर वीरगञ्ज, एक उपमहानगर, ४६ नगरपालिका र १९ गाउँपालिकामा सङ्घीय सरकारले प्रमुख प्रशासकीय अधिकृत नपाएको हो । कोशी प्रदेशको विराटनगर महानगरपालिकासहित अन्य ३० स्थानीय तह, धरान उपमहानगरसहित १२ नगरपालिका र १७ गाउँपालिकामा पनि प्रमुख प्रशासकीय अधिकृत रिक्त छन् । काठमाडौँ महानगर र धरान उपमहानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत लामो समय टिक्न नसक्ने समस्या देखिएको छ ।सङ्घीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले जनप्रतिनिधि र कर्मचारीबिच समन्वय आवश्यक रहेको बताएको छ । समितिका संयोजक खिमलाल देवकोटाका अनुसार प्रशासकीय अधिकृतहरूलाई अनुकूल वातावरण उपलब्ध गराउनसके मात्र उनीहरू खटाइएका स्थानमा जान इच्छुक हुनेछन् ।
सङ्घीय मामिला मन्त्रालयले रिक्त पदपूर्ति गर्न छिट्टै निर्णय लिने बताएको छ । प्रमुख प्रशासकीय अधिकृतको अभावका कारण स्थानीय तहमा बजेट कार्यान्वयन, सेवा प्रवाह, सामाजिक सुरक्षा भत्ता वितरण लगायतका कार्य प्रभावित भएका छन् ।मधेश प्रदेशको एक मात्र महानरपालिका वीरगञ्जमा हत्तपत्त प्रमुख प्रशासकीय अधिकृत आइनहाल्ने र आएप्नि धेरै नटिक्ने समस्या छ । यद्यपि हाल महानगरपालिकामा महानगरपालिकाकै शिक्षा शाखाका प्रमुखलाई प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर काम चलाउदैआइएको छ ।कानुनले प्रमुख र प्रशासकीय अधिकृतको क्षेत्राधिकार स्पष्ट रुपमा उल्लेख गरेको भएपनि कयौं स्थानीय तहमा पालिकाका प्रमुख र प्रशासकीय अधिकृतबीच विवाद हुने गरेको छ । यी दुर््इकाबीचमा उत्पन्न हुने विवादका कारण प्रशासकीय अधिकृतहरु टिक्न समस्या भएको विज्ञहरु बताउछन् ।

















