काठमाण्डौं,उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले राजनीतिक दलहरूसँग प्राकृतिक विपद्को समयमा स्वयंसेवकको भूमिका गर्ने व्यक्तिहरूको विवरण माग गर्नुभएको छ ।मनसुन पूर्वतयारी तथा प्रतिकार्य सम्बन्धमा बिहीवार राजनीतिक दलहरूसँग अन्तरक्रिया गर्दै उपप्रधानमन्त्री लामिछानेले विपदमा स्वयंसेवा गर्ने व्यक्तिहरूको विवरण माग गर्नुभएको हो ।
उहाँले मनसुनजन्य विपद्मा स्वयंसेवकहरूको आवश्यक पर्ने उल्लेख गर्दै दलहरूले आफ्नो तर्फबाट कति स्वयंसेवक दिनसक्छन्, त्यसैअनुसार मन्त्रालयले योजना बनाउने बताउनुभयो ।लामिछानेले दलहरूले दिने जनशक्तिमध्ये कति जना विपद्मा राहत, उद्धारमा अनुभव भएका हुन्छन् भन्ने कुरा पनि खुलाउन आग्रह गर्नुभयो । उहाँले प्राकृतिक विपद्का बेलामा काम गर्नका लागि राजनीतिक दलहरूले साझा मञ्च बनाउनु आवश्यक रहेकोमा पनि जोड दिनुभयो ।
Home राष्ट्रिय समाचार गृहमन्त्रीद्वारा प्राकृतिक विपद्मा स्वयंसेवकको भूमिका गर्ने व्यक्तिहरूको विवरण माग



















