नरेश गुप्ता
बरियारपुर,महागढीमाई नगरपालिकाको कार्यालय बाराले मृगौला पीडित एकजना शिक्षकको उपचारमा २ लाख आर्थिक सहयोग गरेको छ ।
मृगौला रोगले पीडित स्थानीय शिक्षक श्रीनिवास साहलाई महागढीमाई नगरपालिका नगर प्रमुख उपेन्द्रप्रसाद यादवले उपचारको लागि सहयोग रकमको चेक बिहीवार हस्तान्तरण गर्नुभएको हो ।
महागढीमाई नगरपालिका वडा नम्बर १ निवासी साहले बरियारपुरमा द राईजिङ्ग स्टार कोचिङ्ग सेन्टर संचालन गर्दै आउनुभएको थियो । चिकित्सकले उहाँको दुबै मृगौलाले काम गर्न छाडेको बताएपछि सहयोग गर्न समाजिक संजालमार्फत अपिल गरिएको र सहयोगीहरुले पनि नगद राशी सहयोग गर्दै आएका छन ।
स्थानीयले शिक्षक श्रीनिवास बचाऊ अभियान नै संचालन गरेर उपचारको लागि नगद संकलन कार्य संचालन गरिरहेको महागढीमाई फाउन्डेसनका सुनिल कुशवाहाले जानकारी दिनुभयो ।