निर्वाचन लोकतन्त्रको सुन्दर उपहार हो । निर्वाचन बिना त लोकतन्त्र वा गणतन्त्रअगाडि बढ्न सक्ने कुरै भएन । जे भएपनि संसारमा चुनावको अभ्यास नहुने मुलुक धेरै कम छ । त्यसैले पनि चुनावको बिकल्प भनेको चुनाव नै हो । तर राजनीतिक दलहरुले चुनावलाई आफ्नो स्वार्थमा प्रयोग गर्ने गरेका कारण समयमा चुनाव कमै भएका छन् यो देशमा । त्यसो त २०७४ सालमा स्थानीय तहको र्विाचन भएको थियो । कानुनमा पाँच वर्षपछि पुनः चुनाव गर्नुपर्ने अवस्था छ । तर ऐनमा केही गडबड भएकाले यसैमा केही राजनीतिक दलले खेल्ने प्रयास गरे अब त यो प्रयास विफल भएको छ । अब आगामी जेठमा चुनाव हुने लगभग पक्कै भएको छ ।

यसको औपचारिक घोषणा त हुन बाँकी छ तर अब घोषणा हुनेमा शंका पनि छैन । यो चुनावमा जसले बढी खुरापात गर्न सक्छ वा जनताले पत्याउलान् ऊ नै पहिला हुने हो । हुनत जनताले मात्रै पत्याएर हुदैन नेपालमा खुरापाती पनि आवश्यक छ । सायद राजनीतिमा यही खुरापाती गर्नका लागि नै दलहरुको चुनाव टारटेग बनेको होला तर जेठको अब विकल्प छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here