निजगढ,राप्रपाले निजगढ नगरपालिकाको मयेर पदमा सावित्री भारतीलाई उम्मेदवार बनाउने भएको छ । उपमेयर पदमा भने सो पार्टीबाट बासु तिमल्सिना उम्मेदवार बन्नुहुने भएको छ । राप्रपा जिल्ला समितिले भारतीलाई मेयर र तिमल्सिनालाई उपमेयर पदमा उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको हो ।
त्यसैगरी गरी सो पार्टीले वडा नम्बर १ बाट प्रकास केसी, २ मा भक्त दर्लामी, ३ बाट सन्तोष कुमार राउत, ४ मा शेषा सापकोटा, ५ बाट शिव प्रधान, ६ मा काजीबहादुर अधिकारी, ७ बाट बमबहादुर थापा, ८ मा नरनाथ गौतम, ९ बाट पद्मबहादुर श्रेष्ठ, १० मा गोपीलाल जिम्बा, ११ बाट तिर्थबहादुर श्रेष्ठ (शंकर), १२ मा मानबादुर गोले र १३ बाट ठुलीमाया घलानलाई वडा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको निजगढ नगर अध्यक्ष खडकप्रसाद उप्रेतीले जानकारी दिनुभयो । पार्टीले वडा नम्बर ९ को दलित महिला सदस्यमा रेडियोकर्मी भावना सुनारलाई दलित महिला सदस्यमा उम्मेदवार बनाउने भएको छ । सुनार निजगढस्थित रेडियो मध्य तराईको कार्यक्रम संचालन हुनुहुन्छ । अध्यक्ष उप्रेतीले पार्टीको तर्फबाट उम्मेदवारहरुको आइतवार मनोनयन पत्र दर्ता गरिने उहाँले बताउनुभयो ।
यसैबीच राप्रपाले निजगढ ९ मा चुनाव प्रचार सम्पर्क कार्यालयको पनि शनिवार नै उद्धाटन गरेको छ । पार्टी केन्द्रीय कार्यसम्पादन समितिका पूर्वसदस्य विनोद भारतीले कार्यालयको उद्धाटन गर्नुभएको हो । सोही कार्यक्रममा नेकपा मालेका जिल्ला कमिटीका सदस्य पद्मबहादुर श्रेष्ठ, नेपाली कांग्रेशका काजीबहादुर अधिकारी, निजगढ ९ की गिता भट्टराई, निजगढ ७ की सरस्वती थापा मगर र निजगढ ११ का तीर्थबहादुर श्रेष्ठ, जुगु कुँवर लगायत २० जना विभिन्न पार्टी परित्याग गरी राप्रपामा प्रवेश गरेका छन । नवप्रवेशीलाई नेता विनोद भारती, सावित्री भारती, खडक उप्रेती, बासु तिमल्सिना लगायतले पार्टीमा स्वागत गर्नुभएको छ ।