कृष्ण मोहन साह

सेढवा,पर्साको निर्वाचन क्षेत्र नम्बर ४ मा प्रतिनिधि सभाका उम्मेदवार रमेश रिजाल र प्रदेश सभा क का उम्मेदवार शंकर चौधरीलाई जिताउन जनतामा उत्साह देखिएको छ ।
आइतबार जिराभवानी गाउँपालिकाको जितपुरमा सम्पन्न काङ्ग्रेस गाउँपालिका स्तरीय भेलामा सहभागीहरुको उपस्थिति तथा उत्साहले रिजाल र चौधरीको बिजय यात्रा सहज हुने देखिएको छ ।
जिराभवानी गाउँपालिकाका अगुवा कार्यकर्ताहरुले प्रतिनिधिसभा सदस्यका उम्मेदवार रिजाल तथा प्रदेश सभा ४ क का उम्मेदवार चौधरीलाई एकजुट भएर जिताउने संकल्प लिएका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरुले क्षेत्र नम्बर ४ का जनताले विगत लामो समयदेखि अन्याय अत्याचार, शोषण र मुद्दा मामिला गराएर जनतालाई तर्साउनेलाई पराजित गर्ने बताउका थिए ।
पार्टीका प्रवक्ता समेत रहेका रमेश पाण्डेले काङ्ग्रेसको विजयले शोषणको अन्त्य गरि गाउँमा शान्ति ल्याउने बतउनुभयो । क्षेत्र नम्बर ४ को जनता सदैव परिवर्तन र विकाशको पक्षमा मतदान गर्दै आएकोले यस पटक पनि काङ्ग्रेसकै पक्षमा मतदान गर्न आतुर रहेको वक्ताहरुले बताएका छन ।
काङ्ग्रेसकै अगुवाइमा नै मुलुकले अग्रगति लिने कुरा प्रमाणित भइसकेकोले देशको निकाशका लागि पनि काङ्ग्रेसको पक्षमा मतदान गर्न उत्साहित अवस्था रहेकोले एकजुट भएर कार्यकर्तालाई लाग्न निर्देशन दिनुभयो ।
कार्यक्रममा जागरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त यादव, जिराभवानी गाउँपालिकाका अध्यक्ष अनोज चौधरी, प्रतिनिधि सभा उम्मेदवार रिजाल, प्रदेश सभा उम्मेदवार चौधरी जगरनाथपुर गाउँपालिकाका उपाध्यक्ष, जिराभवानी गाउँपालिकाका उपाध्यक्ष, वडा अध्यक्षहरु लगायतका नेता कार्यकर्ताले मन्तव्य राखेका थिए ।


















