दुष्यन्त चौधरी
कलैया – लापरवाही गर्नुको पनि सिमा हुन्छ , कसैले जानेेेर गल्ती गर्दछ भने कसैले नजाने गल्ती गर्दछ । तर बाराको कलैया उपमहानगरपालिका वडा नम्बर २४ श्रीपुरमा रहेको रिलायन्स सुगर एण्ड केमिकल मिल्सले जानी जानी पनि गल्ती गरिरहदा पनि कसैले रोक्न सकेका छैनन् ।
रिलायन्स सुगर एण्ड केमिकल मिल्सबाट निस्केको फोहोर पानीले गर्दा मानवीय जीवन संक्टमा पर्नुको साथै पशुपंछि , जिवजन्तु तथा वातावरणमा समेत असर पारेको छ । तर आज सम्म कलैैैया उपमहानगरपालिकाले उद्योगलाई यस्ता कार्य रोक्न आदेश नै दिएका छन् । न त कार्वाही नै गरेका छन् ।
उद्योगले हिजोआज देखि गलती गरेका छैनन् । वर्षौंदेखि उद्योगले बंगरी खोलामा आफ्ना फोहोर पानी निकासि गरेको राष्ट्रिय युवा संघ बाराले शनिबार उधोग बाणिज्य संघ बाराको कलैयाको सभाहलमा पत्रकार सम्मेलन गरी आरोप लगाएको छ ।
सुगर मिलले चिनी उत्पादन गरी कमाउँने कार्य गरेको र समाज गाँउलाई हानी पुर्याउँने काम गरेको बिज्ञप्तिमा जनाईको छ । चिनी मिलले उखुँबाट निस्केको बिषादी तरल ब्यवस्थित नगरी नाला र पाईप लगाई सिधै बंगरी नदीमा निकासी गरेको कारण त्यस नदीको पानीले गर्दा लाँखौ लाँख जनता र पशु पक्षि तथा कृषि प्रभावित भएको बिज्ञप्तिमा जनाइएको छ । बंगरी नदीको पानी प्रदुषित भएको कारण त्यस क्षेत्रमा दाहसंस्कारमा समेतमा असर परेको जनाइएको छ ।
चिनी मिलले फैलाएको प्रदुषण बारे राष्ट्रिय युवा संघले बाराका सम्पुर्ण राजनीतिक दल, सामाजिक संघसंस्था, स्थानीय सरकार, माननीय, बिधायक, जिल्ला नदी नियन्त्रण कार्यालय, कृषि ज्ञान केन्द्र, जिल्ला स्वास्थ्य कार्यालय र जिल्ला प्रशासन कार्यालय समेतलाई ध्यानाकर्षण गराएको नेकपाका युवा नेता मुकेश साहले बताए ।
समबन्धित निकायले यस्ता अमानविय कार्यलाई गम्भिर बिषय बनाई तत्काल बिषादी पानी निकासीको रोकथाम गर्न पहल गर्ने हामि बिश्वास गरेको साहले बताए ।