हुन त प्रणय दिवसको औपचारिक शुरुआत सन् २६९ मा रोमबाट शुरु भएको मानिन्छ ।
रोमका तत्कालीन सम्राट् क्लोडियस द्वितीयले आफ्ना सैनिकलाई प्रेमीसंग विवाह गर्न रोक लगाएका थिए । सम्राट्को आदेशको उल्लंघन गर्दै त्यहाँका पादरी सेन्ट भ्यालेन्टाइनले प्रेमका पक्षमा बोलेपछि धेरै सैनिकको उनले सार्वजनिक रुपमा विवाह गराएको बताइन्छ ।
आदेश तोडेको आरोपमा उनलाई इ.पू ७० को फेब्रुअरी १४ मा मृत्युदण्ड दिइएको थियो । प्रेमका लागि प्राण उत्सर्ग गर्ने उनै पादरीको सम्झनामा भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस मनाउन थालिएको हो । यसरी हेर्दा यो मायाँ र प्रेमसँग बढी सम्बन्धित देखिन्छ र प्रेम भनेको केवल केटा वा केटीमा मात्र गरिन्छ भन्ने कुरा होइन ।

विश्व परिदृश्य हेर्ने हो भने यो दिवसको महत्व बढेको देखिन्छ । शनिबार विश्वभर यो दिवस मनाइयो ।विशेषगरी युवा वर्गले यो दिवस मनाएको भएपनि अब प्रेमको कुरा भने सबैले गर्न पर्ने भएको छ । अहिले विश्वमा मानवताको प्रेम खडेरी पर्दै गइरहेको छ । एकले अर्कालाई सिध्याउनका लागि हदैसम्मको हर्कत गरेको देखिन्छ । हालसालै विश्वका केही घटनाले पनि यो कुरा देखाउछ ।

नेपालमा पनि अब यो दिवसको सार्थकता बढेको छ । कम्तीमा मानवका बीचमा प्रेम आवश्यक छ । केटा र केटीबीचको प्रेम त स्वभाविक नै भयो । यो प्रकृतिको कुरा पनि भयो ।
यो कसैले चाहेर रोकिदैन तर अब मानवका बीचमा प्रेम हुन आवश्यक छ । एक अर्काकाबीचमा प्रेमभाव भयो भने समाज अनि देश कस्तो होला एक पटक कल्पना गरौं अनि यसै वर्षको प्रणय दिवसको दिनबाट नै संकल्प गरौं कि एक अर्कालाई सबैले प्रेम गर्नुपर्दछ र गरौं भनेर ।

Leave a Reply