नेपाली काँग्रेस यो मुलुकको प्रमुख लोकतान्त्रिक पार्टी हो । बिपीले स्थापना गरेको यो पार्टीमा पछिल्ला दिनमा व्यक्तीहरु हाबी हुदै गएको भन्दै चर्को आलोचना पनि हुने गरेको छ । पार्टीमा सिद्धान्त र नीति भन्दा पनि व्यक्ति हाबी भएका कारण पनि नेपाली काँग्रेसमा समस्या भएको पनि पछिल्ल्ला दिनमा नेता कार्यकर्ताहरुको मुखबाट नै सुनिन थालेको छ ।

अहिले बाराका केही कांग्रेसीहरु केन्द्रीय कार्यालय सानेपामा धर्नामा बसेका छन् । उनीहरु मध्ये एकथरीले क्रियाशील सदस्यता वितरणमा पक्षपात भएको र आफनो गुटकालाई मात्र सदस्यता दिएको बताउका छन भने अर्कोधरीले विधि र प्रकृया अनुसार सक्रिय सदस्यलाई क्रियाशील सदस्यमा सिफारिस गरिएको दावी गरेका छन । जिल्लामा पार्टी सभापती एंव प्रधानमन्त्री शेरबहादुर देउवा गुटको पकड रहेकोले सो पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला समुहका कार्यकर्तालाई क्रियाशीलबाट बन्चित गरेको बताइएको छ । तर संस्थापन पक्षले भने विधि र प्रकृया अनुरुप सदस्यता वितरण गरिएको बताएको छ ।

पौडेल र सिटौला पक्षले जिल्लाबाट सिफारिस भइ गएको नयाँ सदस्यता खारेजीको माग गरेको छ भने अर्को पक्षले सदस्यता कायम हुनुपर्ने माग राखेको छ । केन्द्रीय कार्यालय सानेपा ललितपुरमा लामो समयदेखि कांग्रेस कार्यकर्ताको धर्नाले नेपाली काँग्रेसको आगामी १४ औं महाधिवेशन प्रभावित हुने र गरिमामा समेत आँच आउने काम भएको छ । बाराका काँग्रेसीहरुमा देखिएको समस्या समाधान तत्काल गर्न आवश्यक छ ।

नत्र यही कारणले पनि काग्रेसको आसन्न्न महाधिवेशनमा समस्या सृजना नहोला भन्न सकिन्न । त्यसैले पनि अब बाराका कांग्रेसीहरुले उठान गरेको मुद्दालाई सम्बोधन गर्नु पर्दछ । अनि मात्रै नेपाली कांग्रेस सबैले देखेको जस्तो लोकतान्त्रिक हुनेछ नत्र कांग्रेसको समस्याले नेता कार्यकर्ताहरुलाई संधै समस्या सृजना गरिरहन छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here