दिपेन्द्र जयसवाल
गन्जभवानीपुर,बाराको महागढीमाई नगरपालिका–बरियारपुरमा जिल्ला सरकारी वकिल कार्यालय, बारा कलैयाको आयोजनामा “समुदायमा सरकारी वकील” विषयक एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । स्थानीय तह र न्याय प्रणालीबीच समन्वय तथा कानुनी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

महागढीमाई नगरपालिकाको सभा हलमा आयोजित कार्यक्रममा नगर प्रमुख उपेन्द्रप्रसाद यादव प्रमुख अतिथि रहनुभएको थियो भने जिल्ला न्यायाधिवक्ता शम्भुकुमार बस्नेतको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।कार्यक्रममा स्थानीय जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवालाबीच कानुनी सेवा, सरकारी वकिलको भूमिका, समुदायस्तरमा न्यायमा पहुँच तथा स्थानीय तहसँगको सहकार्यका विषयमा छलफल गरिएको थियो ।

नगर प्रमुख यादवले कानुनी सचेतना अभिवृद्धि गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने बताउँदै स्थानीय तह र न्यायिक निकायबीच समन्वय आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।जिल्ला न्यायाधिवक्ता बस्नेतले समुदायस्तरमा कानुनी पहुँच विस्तार गर्न सरकारी वकिल कार्यालयले विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो ।

कार्यक्रममा नगर उपप्रमुख तारा देवी कानु, वडा नं. ३ का वडा अध्यक्ष उपेन्द्रप्रसाद जयसवाल, वडा नं. १० का वडा अध्यक्ष चन्दनकुमार, वडा नं. ७ का वडा अध्यक्ष शिवेन्द्रप्रताप सिंह, शिक्षा शाखा प्रमुख रामबिश्वास चौरसिया, सञ्चारकर्मी दिपेन्द्र जयसवाल, प्रशासन शाखाका गणनायक ठाकुरलगायत जनप्रतिनिधि, कार्यपालिका सदस्य तथा नगरपालिकाभित्रका सबै वडाका वडा सदस्यहरूको उपस्थिति रहेको थियो ।सहभागीहरूले यस्ता कार्यक्रमले समुदायमा कानुनी ज्ञान र न्यायप्रतिको विश्वास बढाउन महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।

Leave a Reply