दिपेन्द्र जयसवाल
गन्जभवानीपुर,नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा बाराको तेस्रो वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ.।
बाराको कोल्हबी नगरपालिका वडा नम्बर ११ मा रहेको श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय रामपुर्वामा भएको सो साधारण सभामा नेपाल रेडक्रस सोसाईटी रामपुर्वा शाखाका अध्यक्ष मोहनप्रसाद चौधरीको अध्यक्षता र कोल्हवी नगरपालिकाकी नगर उपप्रमुख लक्ष्मीकुमारी चोधरीको प्रमुख अतिथ्यता रहेको थियो ।

साधरण सभामा नेपाल रेडक्रस सोसीईटी बाराका सभापती राजेन्द्र सिंह खडका, नेपाल रेडक्रस सोसाईटी केन्द्रीय सदस्य सपुतबहादुर कार्की, नेपाल राष्ट्रिय आधारभूत विद्यालय रामपुर्वाका प्रधानध्यापक गंगाराम चौधरी, ईलाका प्रहरी कार्यालय कोल्हवीका ईन्चार्ज भोलामान सिंह अधिकारी, रेडक्रस जिल्ला उपसभापती शम्भु कुशवाहा कोषाध्यक्ष उदयकुमार नेपाललगायतले सो साधारण सभा सफलताको लागि शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

साधारण सभामा शाखाका मन्त्री धिरेन्द्रप्रसाद यादव र कोषाध्यक्ष उदयकुमार नेपालले आर्थिक तथा प्रगति प्रतिवेदन पेस गर्नु भएको थियो ।सभामा जिल्लाका विभिन्न उपशाखाका सभापती र पदाधिकारीहरु र संचारकर्मीलगायतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here