छिमेकी देश चीनको भ्रमणमा रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका सरकार प्रमुखसंग भेट गर्नुभएको छ । उहाँकै निमन्त्रणमा केपी ओली चीन जानु भएकाले पनि यो भेट स्वभाविक होला तर भेटमा केपी ओलीले हालै भारत र चीनले मात्रै नेपालको भूभाग भनिएको लिपुलेक लगायतका भागहरुमा ब्यापार गर्ने संझौता गरेपछि नेपालले कुरा उठाउन आवश्यक थियो र ओलीले चीनमा गएको बेला कुरा उठाउने मौका पनि पाउनु भएको थियो र उहाँले शनीवार कुरा उठाउनु भएको पाइएको छ ।
केपी ओली नेपालको प्रधानमन्त्रीको हैसियतमा चीन जानुभएकाले पनि सीमा सम्बन्धी कुराको उठान नेपालले गर्नु नै पर्दथ्यो र केपी ओलीले उठान पनि गर्नु भएको छ । केपी ओलीको ठाउँमा अरु प्रधानमन्त्री भएको भए यो कुराको उठान हुने थियो कि थिएन त्यसको फरक तरिकाले विश्लेषण हुने थियो होला तर ओलीले उठाउनु भएको छ । यो राम्रो कुरा हो । राम्रो कुरालाई राम्रो पनि भन्नु पर्दछ ।
तर कुरा उठाउनुमात्रै सबै थोक होइन । अब नेपालले कुरा उठाएपछि चीन र भारतले पनि सुन्नु पर्दछ । नेपाल सानो देश भनेर हेप्ने कुरा ठीक पनि नहोला तर नेपालले इतिहासबाट नै हेपिदै आएको भने छ ।
त्यसैले पनि बेला बेलामा चैं छिमेकी देशहरुसंग पनि लडाइ भएको छ । अब त नेपालले लडाइ गर्ने कुरा त भएन तर कुटनीतिक रुपमा यस्ता समस्या हल पनि गर्नुपर्दछ र हुनु पनि पर्दछ । अब केपी ओलीले उठाएको विषयले कसरी निकास पाउछ त्यो हेर्न चैं पर्छ नै ।
















