डुमरावना,बाराको जीतपुरसिमरा उपमहनगरपालिकामा रहेको हिमादी फुड्स प्रलिका समग्र युनियनका मजदुरहरुले बिभिन्न माग राखेर कंम्पनीमा हडताल गरेका छन ।

कंम्पनीका ३१ जना स्थायी मजदुरहरुले घर भाडा, यातयात र शैक्षिक सुबिधालगायतका माग राखेर हडताल गरेको मजदुर कमला भट्टले बताउनुभयो ।

गत वर्षदेखिको माग हालसंम्म पनि पुरा नभएका कारण दिपावलीको संघारमा आएर हडताल गर्न बाध्य भएको मजदुरहरुको भनाइ छ । तर यता कंम्पनी संञ्चालक हारुन रोसिदले भने कंम्पनी घाटामा संचालनमा भइरहेको बेला मजदुरहरुलेको माग पूरा गर्न नसकिने बताउनुभएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here