बसन्त लामा
सिंगौल,पूर्वपश्चिम लोकमार्ग हुदै सिंगौल जोडने बाटोमा विद्युतीय तारमा कभर कन्टक्टर जडान कार्य पूरा भएको छ ।
राजमार्गस्थित सिगौल गेटबाट ५ किलो मिटर उत्तरतर्फ जगलको बाटो हुदै लगिएको प्रशारण विद्युत लाइनको तारमा कभर कन्टक्टर जडान गर्ने कार्य बुधवार पुरा भएको हो ।विद्युत प्रशारण लाइनमा कभर कन्टक्टर जडान भएपछि हावाहुरीका कारण रुख र रुखका हाँगा ढलेर विद्युत अवरुद्ध हुने समस्याको अन्त्य हुने नेपाल विद्युत प्राधिकरण निजगढ वितरण उपकेन्द्रले जनाएको छ ।यसअघि सामान्य हुरी बतासमा समेत रुखको सुकेका हाँगा र पतिङ्गरले लागेर सिंगौल क्षेत्रमा घण्टौंसम्म विद्युत हुने समस्या उपभोक्ताहरुले बेहोर्दैै आएका थिए । दिनहँजसो पटकपटक विद्युत अवरुद्ध हुँदा उपभोक्ताहरुले अध्यारोमा बस्नुपर्ने बाध्यता रहेको थियो भने उनीहरुले प्रयोग गर्दैआएको विद्युतीय सामग्रीसमेत बिग्रेर नोक्सानी बेहोर्दैआएका थिए । सो लाइनबाट सिगौलसंगै छिमेकी मकवानपुर जिल्लाको बकैया गाउँपालिकाका उपभोक्तालेसमेत बिजुली प्रयोग गर्दैैआएका छन ।

Leave a Reply