सिमरा,जेवाइसीसी डुमरवाना जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ मा जारी महेन्द्रनगर नकआउट फूटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।योङ ब्वाईज शान्ति टोल औराहालाई ६–१ ले पराजित गर्दै जेवाइसीसी डुमरवानाले क्वाटरफाईनलको स्थान सुरक्षित गरेको हो ।

अब सेमिफाइनल प्रवेशका लागि जेवाइसीसी डुमरवानाले आयोजक महेन्द्रनगर युवा क्लबको टिम ए संग दोश्रो क्वाटरफाइनल खेल खेल्नेछ । आयोजक महेन्द्रनगर युवा क्लबको टिम ए ले प्रतियोगितामा बाई पाउदै क्वाटरफाईनल खेल खेल्नेछ । प्रतियोगिता अन्तर्गत मंगलवारबाट क्वाटरफाईनलको समीकरण शुरु हुनेछ ।

पहिलो क्वाटरफाईनल खेल ओजेल युवा क्लब टाँगियाबस्ती र सिंगौल एफसिबीचमा हुनेछ । सिंगौल एफसि यसअघि आयोजक महेन्द्रनगर युवा क्लबको टिम बि लाई पराजित गर्दै क्वाटरफाईनल प्रवेश गरेको हो । ओजेल युवा क्लब टाँगियाबस्तीले भने प्रतियोगितामा बाई पाएको थियो । मंगलवारको खेल दिउसो ३ बजेदेखि शुरु हुनेछ ।
महेन्द्रनगर युथ क्लबको आयोजनामा बुधवारदेखि सुरु भएको प्रतियोगिताको विजेता टोलीले ५० हजार र उपविजेताले २५ हजार प्राप्त गर्नेछन् । प्रतियोगितामा १४ टिमको सहभागिता रहेको छ ।

Leave a Reply