नरेश गुप्ता

बरियारपुुर,वडा अध्यक्षले एक सार्वजनिक कार्यक्रममा आफूमाथि भ्रष्टाचार र अनियमितताको आरोप लगाएपछि बाराको प्रसौनी गाउँपालिकाका अध्यक्ष भोलाप्रसाद गुप्ता कार्यक्रमकोे उद्धाटन नै नगरी बाहिरिनु भएको छ ।

प्रसौनी गाउँपालिका वडा नम्बर ६ बेलहियास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा प्रसौनी गाउँपालिकाद्वारा आयोजना गरिएको एसईई परीक्षाको तयारी कक्षा कार्यक्रमको उद्धाटन गर्न बिहीवार विद्यालयमा पुग्नु भएका गुप्तालाई सोही कार्यक्रममा सहभागी वडा अध्यक्ष बृजकिशोर कुशवाहाले सार्वजनकि रुपमा भ्रष्ट्राचारको आरोप लगाएपछि अध्यक्ष गुप्ता कार्यक्रमको उद्धाटन नै नगरी कार्यक्रमस्थलबाट बाहिरिनु भएको हो ।

वडा अध्यक्ष कुशवाहाले आफ्नो वडाको विकासमा गापा अध्यक्ष गुप्ताले कुनै चासो नदेखाएको, वडाका कर्मचारी, शिक्षकलाई अर्कै वडामा पठाइएको आरोप लगाउनुभयो । उहाँले सयौं विद्यार्थी र अभिभावक सहभागी कार्यक्रममा यस्तो आरोप लगाउनु भएको हो । साथै दुधौरा पुलदेखि पूर्वतर्फको प्रष्टोका बेलहियामा बिकास निर्माण र विद्यालयको भौतिक अवस्था सुधार लगायतका विषयमा गाउँपालिका अध्यक्ष गुप्ताले पक्षपात गरेको भन्दै वडा अध्यक्ष कुशवाहले गाउँपालिका अध्यक्ष गुप्तामाथि सार्वजनिक कार्यक्रममा नै आरोप लगाउनुभएको थियो । वडा अध्यक्षको आरोपछि अध्यक्ष गुप्ता कार्यक्रममा आफ्नो भनाइ राख्दै नराखी कार्यक्रम स्थलबाट बाहिरिनु भएको थियो ।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष कुशवाहले गापा अध्यक्ष गुप्ता, उपाध्यक्ष गिता साह र प्रमुख प्रशासकीय अधिकृत सुनिल केशरी समेतले वडा कार्यालयको बजेट कटौति गरेको र अनुदान रकम नदिएका कारण उच्चमाध्यमिक विद्यालय संचालन हुनुपर्ने बेलहियामा माविमा अहिलेसम्म कक्षा १० सम्ममात्रै पठनपाठन शंभव भएको पनि बताउनुभयो ।

गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको मिलिमतोमा योजनाहरु संचालन भएको, गाउँपालिका कार्यालय भ्रष्टाचार र अनियमितताको अखडा बनेकोसमेत वडा अध्यक्ष कुशवाहाले आरोप लगाउनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here