निजगढ,ग्लोबल आइएमई बैंक निजगढ शाखाले निजगढ नगरपालिका ८ को गौरीशंकर माध्यमिक विद्यालयलाई ४ थान प्रिन्टर हस्तान्तरण गरेको छ ।बैकका प्रवन्धक अभिनास सापकोटाले शुक्रवार एक कार्यक्रमका बीच विद्यालयका प्रधानाध्यापक बद्रीनारायण झालाई ४ थान एचपिको प्रिन्टर हस्तान्तरण गर्नुभएको हो । शाखा प्रवन्धक सापकोटाका अनुसार सामाजिक उत्तरदायित्व अन्तरगत विद्यालयलाई प्रिन्टर हस्तान्तरण गरिएको हो .प्रिन्टर हस्तान्तरण कार्यक्रममा बैंकका निजगढ शाखाका कर्मचारीहरु र विद्यालयका शिक्षक तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो । गौरीशंकर मावि मधेस प्रदेशकै अव्बल विद्यालयको रुपमा रहेको छ । विद्यालयमा कक्षा १२ मा व्यवस्थापन, विज्ञान, शिक्षा संकाय र पछिल्लो समय ३ बर्षे कृषी विज्ञान विषयको समेत पठनपाठन हुदैआएको छ ।

Leave a Reply