निजगढ,नदीले कटान गरेर निजगढ नगरपालिकामा बाढी पस्ने खतरा बढेपछि निजगढ नगरपालिकाले शुरु गरेको नियन्त्रणको काम बुधवार पनि जारी रहेको छ ।नगरपालिकाले खोलाको कटान नियन्त्रण गर्न बकैयामा नदी च्यानलाईज र ड्याम लगाउने काम जारी राखेको हो । नदी च्यानलाईज गरेर बकैया खोलाको बाढीलाई पश्चिमी किनारातर्फ लगाउने र पूर्वी किनारामा हुदै आएको कटान नियन्त्रणको लागि ढुङ्गा राख्ने काम एकैपटक सुरु गरिएको निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीले जानकारी दिनुभयो । उहाँले फास्ट ट्याक खन्ने क्रममा निकालेर मोहोरी क्षेत्रमा राखिएका ठूला ढुङ्ग टिपरबाट ओसारेर कटान क्षेत्रमा राख्ने काम भइरहेको जानकारी दिनुभयो ।मौसमले साथ दिएमा २÷३ दिनभित्र च्यानलाईजको काम पुरा हुने र त्यसपछि कटान नियन्त्रण र तटबन्ध निर्माणको काम थालिने नगर प्रमुख पुरीले बताउनुभयो । उहाँले पक्की तटबन्ध निर्माणको लागि डिभिजन सडक कार्यालय हेटौडामा कुरा भइरहेको पनि जानकारी दिनुभयो ।नदी च्यानलाईजको लागि अहिले सडक डिभिजन कार्यालय हेटौडासहित नेपाली सेना र स्थानीय व्यवसायीहरुको ३ वटा एक्साभेटर र एउटा डोजर प्रयोग गरिएको नगरपालिकका प्राविधिक नविन खनालले जानकारी दिनुभयो । च्यानलाईजको काम सुरु भएसंगै मंगलवार पूर्वी किनारमा सोझिएको नदीको मुख्य भङ्गालो बुधवार साँझबाट पश्चिमतर्फ लागेको उहाँले बताउनुभयो । ‘च्यानलाईजले प्रभावकारी रुपमा काम गरेको छ, प्राविधिक खनालले भन्नुभयो, आजबाट बाढीको आधाभन्दा बढी पानी पश्चिमबाट जान थालिसक्यो ।’२ दिनदेखिको अवविरल वर्षापछि बकैया खोलामा आएको बाढी पूर्वश्चिम राजमार्गको बकैया पुलको ड्याम कटान गरेर बस्तितर्फ बाढी पस्ने खतरा बढेपछि निजगढ नगरपालिकाले मंगलवारबाट रोकथाम प्रयास शुरु गरेको हो ।सडक विभागले राजमार्गसंगै करिव ५५ वर्षअघि निर्माण गरेको तटबन्ध कटान गरेर बस्तितर्फ बाढी पस्ने खतरा बढेपछि रोकथामको लागि नेपाली सेनासहतिको सुरक्षाकर्मीको टोली र उपकरण परिचालन गरिएको थियो ।



















