धिरेन्द्र तिवारी

कलैया,बाराको महागढीमाई नगरपालिकामा करेन्ट लागेर शनिवार एक जनाको मृत्यु भएको छ ।

महागढीमाई नगरपालिका वडा नम्बर ८ धर्मपुरका दुर्गाप्रसाद यादवका छोरा वर्ष ४२ का सुरेन्द्रप्रसाद यादवको हुकिङ्ग गरेर मोटरबाट धानखेतमा सिँचायी गर्ने क्रममा प्रवाहा भएको करेन्ट लागेर यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थाप्पाका अनुसार मृतकको शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल कलैयामा राखिएको र पोष्टमार्टमपछि आफन्तको जिम्मा लगाइएने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here