मनोज शाह
जीतपुर,ज्योति विकास बैंक लिमिटेडले जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १५ रहेको शहरी स्वास्थ्य केन्द्र हात्तीसार र निजगढ नगरपालिका रतनपुरमा रहेको रतनपुरी स्वास्थ्य चौकी निजगढमा नवजात शिशुको लागि एक÷एक थान बेबी वार्मर वितरण गरेको छ।

शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र डुमरवानामा आयोजित ‘न्यानो नानी’ हस्तान्तरण कार्यक्रममा ज्योति विकास बैंक लिमिटेड केन्द्रिय कार्यलय बजारीकरण, ब्रान्डिङ तथा निक्षेप बिक्री विभागका कपिल पङ्गेनी, राष्ट्रिय आविष्कार केन्द्रका इलेक्ट्रोनिक इन्जिनियर महिप राज केसी, मेकानिकल इन्जिनियर सन्दिप गौतम, ज्योति विकास बैंक लिमिटेड सिमरा शाखाका शाखा प्रबन्धक भरत आचार्य र सिमरा शाखा क्रेडिट विभागका निरज कान्त झालगायत समाजिक सरोकारवाला, समाजसेवीहरुको उपस्थिति रहेको थियो । यो कार्यक्रमले नवजात शिशुको स्वास्थ्यमा सुधार ल्याउन र उनीहरूलाई न्यानो वातावरण प्रदान गर्न महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ।

ज्योति विकास बैंक सिमराका शाखा प्रबन्धक भरत आचार्यका अनुसार जन्मनु नै मृत्युको कारण नहोस् भनेर राष्ट्रिय आविष्कार केन्द्रद्वारा निर्मित आफ्नै देशको उत्पादन स्थानीय जनसमुदायको पहुँचमा पुर्याउने अपेक्षाका साथ बेबी वार्मर अर्थात् न्यानो नानी वितरण गरिएको बताउनुभएको छ ।त्यसैगरी सोमवार नै बारा जिल्लाको निजगढ शाखाका शाखा प्रबन्धक यलम्बरबहादुर खत्री, निजगढ नगरपालिकाका प्रमुख सुरत पुरीलगायत स्थानीय जनप्रतिनिधि र स्वास्थ्य चौकीका कर्मचारीहरूको उपस्थितिमा पनि एक थान ‘न्यानो नानी’ वितरण गरिएको छ ।

नेपालको एक अग्रणी वित्तीय संस्था, ज्योति विकास बैंक लिमिटेडले आफ्नो ‘न्यानो नानी’ अभियानमार्फत नवजात शिशुहरूको जीवनमा महत्वपूर्ण योगदान पु¥याउदैआएको छ।बैङ्कले सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रममार्फत दुर्गम र उपेक्षित क्षेत्रहरूमा रहेका अस्पतालहरूमा ‘न्यानो नानी’ वितरण गरेर शिशु मृत्युदर घटाउने कार्यमा योगदान गर्दैआएको छ ।

Leave a Reply