वीरगंज,भाद्र १५ ।
मिटरव्याजीलाई आवश्यक कारवाहीको मा“ग गर्दै वीरगंजमा पिडितहरुले पत्रकार सम्मेलन गरेका छन । नेपाल पत्रकार महासंघको सभाहलमा आज आयोजित पत्रकार सम्मेलनमा पिडितहरु सुनैना देवी,जुगल किसोर यादव र किसोरी प्रसाद यादवले आवश्यक कारवाहीको मा“ग गरेका हुन ।

रौतहट मौलापुर २ सोनरनिया निवासी ७३ बर्षिय पिडित सुनैना देवीले आर्दशकोतवाल गा“उपालिका वडा नम्बर ३ हाल कलैया घुसुकपुर निवासी मिटरव्याजी अनिल कुमार प्रियदर्शीका कारण आफनो परिवारको उठीबास भएको आरोप लगाईन । उनले २०७६ सालमा आफनो छोरा दयांशकरले १४ लाख कर्जा लिएकोमा सो १४ लाखको हाल सम्म ४२ लाख तिरिसक्दा पनि अझै ऋण बाकी नै रहेको पिडित सुनैना देवीले बताईन ।

उनले सो कर्जा तिर्न १२ कठा जग्गा बेचेको र दुई बिगहा जग्गा धितो राखेको जानकारी दिईन । उनले सरकारी शिक्षक समेत रहेका मिटर व्याजी प्रियदर्शीले आफनो छोरा संग १० ओटा चेकमा साईन गराई चेक बाउन्स गराई छोरालाई जेलमा थुन्न लगाएको बताईन । यसैगरी महागढीमाई नगरपालिका वडा नम्बर ७ बस्ने किसोरी प्रसाद यादव पनि मिटरव्याजरी अनिल कुमार प्रियदर्शी बाट नै पिडित रहेको जानकारी गराए ।

यसैगरी कलैया २ निवासी युगल किसोर यादव पनि मिटरव्याजी रामदिनेश प्रसाद यादव र अनिल कुमार प्रियदर्शीलाई कारवाहीको माग गरेका छन ।

उनले सा“वाको तिन गुणा व्याज तिरि सक्दा पनि ऋण बा“की नै रहेको बताएका छन । ठाकुरलाइ सात लाख सा“वाको २१ लाख व्याज तिरिसक्दा पनि ऋण बा“की नै रहेको यादवले जानकारी दिए । पिडितहरुले मिटर व्याजीले व्याजको व्याज लिएर आफुहरुलाई घर न घाटको बनाएकोले कारवाहीको मा“ग गरेका छन ।

Leave a Reply