आँप फलफूलको राजा हो । आँप भन्ने बित्तिकै मुख नरसाउने कसुरै भएन फेरि मधेशको आँप यसैपनि मिठो । मधेस प्रदेशमा यस वर्ष आँप उत्पादनमा वृद्धि हुने आशा पलाएको छ तर माौसमकै डर छ ।मधेसका आठ वटै जिल्लाका बगैँचामा रहेका आँपका रूखमा अत्यधिक फूल लागेका कारण पिन यो वर्ष आँपको उत्पादन बढ्ने आशा गरौं ।यही कारण चैत– वैशाखमा अत्यधिक हावाहुरी तथा असिना नपरे र मधुवा रोगको प्रभाव नपरे आँप उत्पादन उल्लेख्य बढ्ने कृषि विज्ञको अनुमान छ । तर, सोमबार साँझतिर आएको हावाहुरीले केही क्षति गरेको छ ।

आठ वटै जिल्लामा आँपमा लागेको फूलको अनुपात हेर्दा गत वर्षको तुलनामा यस वर्ष करिब ६० प्रतिशतभन्दा बढी आँप उत्पादन हुने सरकारका अधिकारीहरुले बताइ रहदा मन मख्ख भएपनि फेर मौसमकै डर छ ।
यस वर्ष मधेसका किसानले करिब ३० हजार ८०० हेक्टर क्षेत्रफलमा आँप खेती गरेका छन् । मौसम अनुकूल भएन भने आँपको बगैंचा भएका व्यक्ति मात्र होइन, अरुलाई पनि यसको सिधा असर गर्ने छ ।मधेसका जिल्लामध्ये धनुषा, महोत्तरी, सिरहा र सप्तरी आँप उत्पादनका हिसाबले अग्रणी मानिन्छन् । व्यावसायिक रूपमा आँप खेती विस्तार हुँदै गएको यस प्रदेशले देशको कुल आँप उत्पादनको करिब ७६ प्रतिशत हिस्सा ओगट्ने गरेको तथ्याङ्क पनि सरकारी निकायसँग छ ।

गत आर्थिक वर्षमा मधेसका किसानले ३० हजार ६०० हेक्टरमा आँप खेती गरेका थिए । त्यस बेला प्रदेशमा तीन लाख ९५ हजार ९६२ मेट्रिक टन आँप उत्पादन भएको थियो ।मधेसका किसानले विशेष गरी मालदह, बम्बई, कलकत्तिया, अम्रपाली र दशहरी नकुअवा, केरवा, विजु, सिपियालगायत आँपको खेती गर्दै आएका छन् । यहाँ उत्पादन हुने आँप स्थानीय बजारसँगै काठमाडौंलगायत देशका प्रमुख सहरमा पनि बिक्री हुने गरेको छ ।यस वर्ष बोटभरि लागेका फूलहरूले किसानलाई उत्साहित बनाएको छ र मौसमले पनि साथ देला यो आशा गरौं । केही त पक्कै क्षति हुनेछ तैपनि अघिल्ला वर्षहरुको तुलनामा क्षति कम होला यसको अनुमान गरौं ।

Leave a Reply