कलैया – नेपाली काँग्रेसका पुर्व साँसद डा. शोभाकर पराजुलीले एउटा असल नागरिक गुमाएको बताएका छन् । समाज बिकासका लागि र सम्भ समाज निर्माणका लागि दिनरात खटिरहने आर्दश कोतवाल गाँउपालिका वडा नम्बर ५ निवासी ब्रम्हदेव महतोको निधनले जिल्लावासीलाई अपुरणिय क्षति भएको डा.पराजुलीले भने । मृतक आत्माको चिर शान्तिको कमना गर्दै नेता पराजुलीले शोकाकुल परिवार प्रति सम्बेदना प्रकट समेत गरेका थिए ।

 

 

 

 

 

 

प्रजातन्त्रको स्थापनाका लागि महतोले खेलेको भुमिका निकै सराहनिय रहेको चर्चा गर्दै महतोले देखाएको बाटो हिडे उनी प्रति सच्चा श्रदाञ्जली अर्पण हुने कुरामा जोड दिए । शिवनाथ महतोको अध्यक्षतामा सम्पन्न श्रदाञ्जली कार्यक्रमा नुनिया समाज बिकास परिषद नेपालका केन्द्रिय अध्यक्ष भिमनारायण महतो, नेपाली काँग्रेस महासमिति सदस्य उपेन्द्र जसवाल, मदन मण्डल, नेपाली काँग्रेसका जिल्ला सदस्य जमुना गुप्ता, नेताहरु शोभी मण्डल, सत्यनारायण यादव, नुनिना समाज पर्साका अध्यक्ष वृजेश्वर चौधरी, अधिवतmा परमहंस केसरी, नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का सदस्य सिकेन्द्र पासवान लगायतकाले श्रदाञ्जली ब्यतm गरेका थिए ।

 

 

 

 

 

 

सोहि कार्यक्रममा डा. पारजुलीले वीपीको बिचारमा अधारित समाजवादको पुस्तक तत्कालिन टेढाकटी गाबिसका पुर्व उपाध्यक्ष शिवनाथ महतोलाई हस्तानातर गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here