बिदुर खडका
डुमरवाना,आन्तरिक राजस्व कार्यलय सिमराको आयोजना तथा जीतपुरसिमरा नगर उद्योग बाणिज्य संघ र जीतपुरसिमरा चेम्बर अफ कमर्सको संयोजनमा शुक्रवार करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम शुक्रवार सम्पन्न भएको छ ।केहि दिनअघि राजस्व कार्यालयले सिमरा अनुगमनका नाममा व्यापारीलाई अनावश्यक दुःख दिएको भन्दै व्यवसायी रुष्ट बनेका थिए । जीतपुरसिमर नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछानेको नेतृत्वमा व्यवसायीहरु कर कार्यालय पुगेर सो घटनाको बारेको गुनासो समेत गरेका थिए ।अनुगमनको नाममा अनावश्यक जरिवाना लिएको भन्दै असन्तुष्ट बनेका स्थानीय व्यवसायीलाई कर कार्यालयले करदाता शिक्षा कार्यक्रममार्फत सचेतना दिने उदेश्यले कार्यक्रमको आयोजना गरिएको हो ।कार्यक्रममा बोल्दै राजस्व कार्यलय प्रमुख राजकुमार खतिवडाले व्यापारीहरु कै हितको लागि बजार अनुगमन गरेको जनाउदै खुला चोरी तस्करी रोक्न उद्योग बाणिज्य संघले पनि पहल गर्नुपर्ने जनाउनुभयो ।