
काठमाण्डाै – वायु प्रदूषणका कारण नेपालमा बर्सेनि झन्डै ४२ हजार जनाकाे ज्यान गरेकाे छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले तीमध्ये २१ प्रतिशत पाँच वर्षमुनिका बालबालिका रहने गरेका बताउनुभयो ।
वायु प्रदूषणका कारण श्वासप्रश्वाससम्बन्धी दम, मुटुरोग तथा हृदयघात, मस्तिष्कघात, उच्च रक्तचाप, मधुमेह, क्यान्सर र स्मरणशक्ति कमजोर हुने समस्या देखिने गरेको उहाँले बताउनुभयो ।
प्रदूषणका कारण बालबालिकालाई श्वासप्रश्वाससम्बन्धी समस्या देखिनु, मुटुसम्बन्धी रोग हुने सम्भावना बढ्नु, शिशु बिरामीदर बढ्नु, बाल्यकालमा क्यान्सरको जोखिम हुनु, मस्तिष्क विकासमा ढिलाइ र असामान्य व्यवहार देखिनु, कुपोषणको देखिनुजस्ता समस्या पनि देखिने गरेका विज्ञहरूले बताउने गरेका छन् । यस्तै कम तौलको बच्चा जन्मिनु, रक्तअल्पता हुनु, बाँझोपन हुनु, गर्भकालीन मधुमेह हुनु, मानसिक स्वास्थ्य समस्या देखिनुजस्ता समस्या आउने गरेका छन् ।
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को मापदण्डभन्दा नेपालमा वायु प्रदूषण आठ गुणा बढी देखिएको मन्त्रालयका प्रवक्ता डा. बुढाथोकीले जानकारी दिनुभयो । नेपालमा आज वायु गुणस्तर सूचक १८५ सम्म देखिएको उहाँले बताउनुभयो ।
डब्ल्यूएचओको मापदण्डअनुसार स्वास्थ्यका लागि हानिकारक मानिने सूक्ष्म कणको वार्षिक औसत मात्रा प्रतिघनमिटर ५ माइक्रोग्रामभन्दा धेरै हुनुहुँदैन । सूक्ष्म कण त्योभन्दा कम भएमा हावामा तैरने सक्ने र त्याे स्वासप्रश्वास प्रक्रियामा फोक्सोसम्म पुग्ने गरेको डा. बुढाथोकीले बताउनुभयो ।
वायु गुणस्तर सूचक ० देखि ५० सम्म स्वस्थ, ५१ देखि १०० सचेत, १०१ देखि १५१ सम्म जोखिम समूह (ज्येष्ठ नागरिक, दीर्घरोग र बालबालिका) का लागि हानिकारक मानिन्छ । वायु गुणस्तर सूचक १५१ भन्दामाथि भएमा अस्वस्थ्य मानिने गरिएको छ ।
यसलाई डब्ल्यूएचओको मापदण्डभित्र पुर्याउन सके हरेक वर्ष नेपालीको आयु ३ दशमलव ३ वर्षले बढ्ने अनुमान छ । वायु प्रदूषणकै कारणले वार्षिक ७९ लाख मानिसको ज्यान जाने गरेको र तीमध्ये ९० प्रतिशत कम र मध्यम आय भएका देशका नागरिक पर्दछन् ।
गाडीबाट निस्केको धुँवा, औद्योगिक उत्सर्जन, खुला रूपमा फोहर तथा जैविक पदार्थ जलाउँदा निस्कने धुँवा, सडक र निर्माण कार्यको धुलो, वन डढेलो र कीटनाशक र
















