निजगढ,गठबन्धनमा रहेका दलहरुसंग वार्ता गर्न भनेर नेपाली कांग्रेश निजगढ कार्यसमितिले एकलौटी रुपमा समिति बनाएको भन्दै असन्तुष्ट पक्षले विरोध जनाएको छ ।

नगर कार्यसमितिले कार्यकर्ताहरुसंग सल्लाहा नै नगरी आगामी निर्वाचनको लागि एकलैटी रुपमा गठबन्धन घटक दलहरुसंग वार्ता गर्न समिति बनाएको र पद समेत भागबन्डा गरेको भन्दै असन्तुष्ट बनेका स्थानीय नेता तथा कार्यकर्ताहरुले मंगलवार विज्ञप्ति निकालेर विरोध जनाएका हुन ।

विज्ञप्तिमा १४ औं महाधिवेशनमा निजगढ नगरपालिकाबाट निर्वाचित महासमिति सदस्यहरु, महाधिवेशन प्रतिनिधिहरु, जिल्ला र क्षेत्र नम्बर १ क्षेत्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्य र अग्रजहरुसंग कुनै सल्लाहनै नगरी नगर कार्यसमितिले बहुमतको दम्भ देखाएर एकलौटी रुपमा समिति गठन गरेको र वडाहरुको भागबण्डासमेत गरेर मधेस प्रदेश समितिमा बुझाएको भन्दै आपत्ति जनाएका हुन । गठबन्धनको नाममा कांग्रेश निजगढका कार्यकर्ताको स्वाभिमान गिराउने कार्य गरिएकोले उक्त कार्यको घोर भ्रत्सना गर्दछौं विज्ञप्तिमा भनिएको छ । साथै उक्त निर्णय नसच्याए आगामी निर्वाचनमा पार्टीले बेहोर्नु पर्ने क्षतिको सम्पुर्ण जिम्मेवार निजगढ नगर कार्यसमिति नै हुने चेतावनी पनि विज्ञप्तिमा दिइएको छ ।

असन्तुष्ट पक्षका एक नेताकाअनुसार जिल्ला कार्यसमितिको निर्णयअनुसार क्षेत्र निजगढको लागि नम्बर १ क कार्यसमितिका सभापती एंव निजगढ नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष टेकबहादुर लामाको संयोजकत्वमा नगर सभापती नवराज तिमल्सिना र उपसभापती ज्ञानबहादुर गोल सदस्य रहेको गठबन्धन गर्ने समिति गठन गरिएको र सो समितिले आगामी निर्वाचनमा निजगढ नगरपालिकामा उपप्रमुखसहित ५ वटा वडा अध्यक्ष माओवादी र नेकपा एकिकृत समाजवादीलाई एउटा वडा अध्यक्ष दिने आन्तरिक तयारी गरेको बताइएको छ । उता, नगर सभापती नवराज तिमल्सिनाले भने पार्टी जिल्ला कार्यसमितिको पत्रअनुसार गठबन्धनको लागि समिति गठन भएको भएपनि अन्य दलहरुसंग पद भाडबण्डाको बारेमा कुनै निर्णय नभएको बताउनुभएको छ ।

विज्ञप्तिमा महासमिति सदस्य शम्भुबहादुर बुढाथोकी, महासमिति सदस्य एंव मधेस प्रदेश समिति सदस्य सीताकुमारी मैनाली, महासमिति सदस्यहरु महेशी कुँवर, कृष्णबहादुर लो, पदमबहादुर भण्डारी, महाधिवेशन प्रतिनिधिहरु भाइकाजी श्रेष्ठ, रामकुमारी गोले, राजेन्द्र ढोडारी, प्रदेशी कुँवर, विष्णु खडका, विक्रम राज लामा जिल्ला सदस्यहरु कृष्णप्रसाद खरेल, तनुजाकुमारी लो, विष्णुप्रसाद रिमाल क्षेत्रीय कार्यसमिति सदस्यहरु सावित्री श्रेष्ठ र प्रदीपकुमार उप्रेतीले हस्ताक्षर गर्नुभएको छ ।

Leave a Reply