पुष्पराज खतिवडा
बारा २७ कार्तिक । बारागढी गांउपालिका वडा नं. १ मा रिक्त रहेको वडा अध्यक्ष पदका लागि सत्तारुढ नेकपा सहित ९ जनाको उमेदवारी परेको छ । मंसिर १४ गते हुने उपनिर्वाचनका लागि रिक्त पदमा बुधबार मनोनयनपत्र दर्ता भएको हो  । जिल्ला निर्वाचन कार्यालय बाराका निर्वाचन अधिकृत मनिष कुमार साहका अनुसार ९ जनाको मनोनय दर्ता भएको छ ।

 

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले शंकरप्रसाद चौधरी, नेपाली कांग्रेसले स्व. चौधरीकी पत्नी तस्विरीया थरूनी, समाजवादी पार्टीले सुरेश चौधरी, राष्ट्रिय जनता पार्टी (राजपा) का बैधनाथ चौधरी, नेपाल जनता पार्टीका विरेन्द्रप्रसाद राय थारु, नेपाल लोकतान्त्रिक पार्टीका विहारी साह तेली, सिके राउत नेतृत्वको जनमत पार्टीका शंकर प्रसाद चौधरी, रा.प्रा.पा. (संयुक्त) रामपति देवी र स्वतन्त्रबाट नरेश पासवानले मनोनय दर्ता गराएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here