निजगढ,२५६७औँ बुद्धजयन्तीको अवसरमा शुक्रवार निजगढमा विभिन्न कार्यक्रमको आयोजना गरिएको छ ।निजगढ नगरपालिका वडा नम्बर ८ बजारटोलस्थित टाँसी छोइफिलिङ्ग गुम्बा र निजगढको औतारटोलस्थित स्याङ्गाक टाँसी छोइलिङ्ग गुम्बाले पूजापाठ, धार्मिक प्रवचन र ¥याली प्रदर्शन गरेका हुन । टाँसी छोइफिलिङ्ग गुम्बाको आयोजनामा भएको ¥याली निजगढस्थित पूर्वपश्चिम राजमार्ग परिक्रम पछि गुम्बामा पुगेर पूजा पाठ गरिएको गुम्बाका गुरु पद्मबहादुर लामाले जानकारी दिनुभयो । निजगढ ८ को बुद्ध चोकबाट सुरु भएको ¥यालीमा मधेस प्रदेश सभा सदस्य मिना लामा, निजगढ नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष सोर्ण लामालगायत स्थानीय श्रद्धालु र समाजसेवीहरुको सहभागिता रहेको थियो ।त्यसैगरी बुद्ध जयन्तीकै अवसरमा निजगढको औतारटोलस्थित स्याङ्गाक टाँसी छोइलिङ्ग गुम्बामा पनि पूजापाठ र प्रवचनको आयोजना गरिएको छ । कार्यक्रममा खेम्पो गुरु साङ्गे छिरिङ्गले धार्मिक प्रवचन दिनुभएको गुम्बा व्यवस्थापन समितिका अध्यक्ष हस्तबहादुर लामाले जानकारी दिनुभयो । उता, निजगढको सिगौलमा पनि बुद्ध जयन्तिको अवसरमा शुक्रवार ¥याली र प्रवचन कार्यक्रमको आयोजना गरिएको छ । निजगढ नगरपालिका वडा नम्बर ३ स्थित टाँसिधार्गेलिङ्ग र वडा नम्बर १ को टाँसीछाइली गुम्बाको आयोजनामा ¥याली निकालिएको हो । ¥यालीमा नेपाल राष्ट्रिय मावि डोजाङ्गका तेक्वाण्ड खोलाडी र स्थानीय श्रद्धालुहरुको सहभागिता रहेको सिगौंलबाट हाम्रा सहकर्मी बसन्त लामाले जानकारी दिनुभएको छ ।

















