कलैया,बारा क्रिकेट संघ र तुरुन्त कल प्रालिबीच एक वर्षे सम्झौता भएको छ । कलैयामा आयोजित एक कार्यक्रममा दुबै संस्थाबीच सम्झौता भएको हो ।सम्झौताअनुसार बारा क्रिकेट संघले एक वर्ष आफ्नो जर्सीमा तुरुन्त कलको लोगो राखेबापत तुरुन्त कल प्रालिले संघलाई एक लाख रुपैया उपलब्ध गराउनेछ ।सम्झौतापत्रमा बारा क्रिकेट संघका अध्यक्ष प्रभात चौरसिया र तुरुन्त कल प्रालिका अध्यक्ष सन्दीपकुमार जयसवालले हस्ताक्षर गरेका थिए । सम्झौतापछि तुरुन्त कलका अध्यक्ष जयसवालले व्यवसायिक सम्झौतालाई निरन्तरता दिने बताउनुभएको थियो ।सम्झौता कार्यक्रममा मधेस प्रदेशका कोषाध्यक्ष सुवास जयसवाल, बारा क्रिकेट संघका सचिव अनिल चौगाईं, पर्सा क्रिकेट संघका उपाध्यक्ष मुर्तुजा हवारी, कलैया क्रिकेट क्लबका कप्तान अनिलकुमार साहलगायत सहभागी थिए ।

Leave a Reply