निजगढ,पतञ्जली योग समितिको आयोजनामा निजगढ ६ स्थित सडकटोलमा भएको ३ दिने योग शिविर सोमवार सम्पन्न भएको छ ।सडकटोलस्थित गौरीशंकर माविमा बिहान ४ बजेदेखि ६ बजेसम्म संचालन गरिएको सो शिविरमा स्थानीय १ हजार भन्दा बढी स्थानीय सर्वसाधारणको सहभागिता रहेको थियो ।
निजगढ नगरपालिका कार्यालयको सहयोगमा भएको सो शिबिरमा मुख्य प्रशिक्षक सादेबी कृपा, भूपाल श्रेष्ठ, एकबहादुर श्रेष्ठलगायतले सहभागीहरुलाई योग र ध्यान प्रक्रियाबारे जानकारी गराउनुभएको थियो ।शिबिरमा विभिन्न नसर्ने रोगको निदान र उपचारको बारेमा पनि सहभागीहरुलाई जानकारी गराइएको प्रशिक्षक एकबहादुर श्रेष्ठले जानकारी दिनुभयो । समितिले निजगढका विभिन्न स्थानमा शिबिर आयोजना गरेर योगको प्रचारप्रशार गर्दैआएको छ ।



















